Siraha Times
ताजा समाचार

अईचावलमा डिप बाेरिङ्गकाे शिलान्यास

  • चैत २४, २०७९
  • १०५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/ चैत २४ । पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नं १४ अईचावलमा डिप ट्युबवेल बाेरिङ्गकाे शिलान्यास कार्यक्रम सम्पन्न भएकाे छ । अईचावल डिप ट्युबवेल सिंचाइ जल उपभोक्ता समितिकाे आयाेजनामा शिलान्यास सम्पन्न भएको हाे । उर्जा जलश्राेत तथा सिंचाइ मन्त्रालय संघिय सरकारकाे जनश्रम दान सहित ३२०००००/- ( बत्तीस लाख ) लागतमा डिप बारिङ्ग हुन लागेकाे उपभोक्ता समिति अईचावलले जनाएको छ ।

अईचावल डिप ट्युबवेल सिंचाइ जल उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर यादवकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगवती प्रसाद यादव ( रुदल ) काे प्रमुख आतिथ्यता एवम् रामग्राम नगरपालिका वडा नं १४ का वडा अध्यक्ष ओमप्रकाश यादव,नगर कार्यपालिका सदस्य सिता मैया चाैधरीकाे विशिष्ट आतिथ्यतामा शिलान्यास कार्यक्रम भएकाे हाे ।

डिप बाेरिङ्गका लागि रामग्राम -१४ अईचावल निवासी साेहरत यादवले ३ धुर जग्गा समेत दान गरेकाे उपभोक्ता समितिका अध्यक्ष यादवले जानकारी दिनुभयाे । कार्यक्रममा नेकापा माओवादीका रामग्राम नगर अध्यक्ष देव नारायण पाण्डे,नेपाली काङ्ग्रेसका जिल्ला सदस्य शुव मुरत यादव,सामुदायिक रेडियो परासीका सुरेश यादव,वडा सदस्य परसुराम यादव लगायतले बाेल्नुभएको जल उपभोक्ता समितिका सचिव गाेबिन्द यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१