ताजा समाचार

फुलवारीबाट निस्किएको पानीले सितापुर जलमग्न, मुख्यमन्त्रीले वितरण गरे ७० बालिकालाई साईकल

  • फागुन २, २०७५
  • १८६७ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, २ फागुन । सिरहाको लक्ष्मीपुर पतारी ६ सितापुरमा खेतीमा पानी जमेर कृषकहरु समस्यामा परेका छन् । बर्षातको समय नभएपनि लहान २२ सिसवनी स्थित रहेको सलहेश फुलवारीबाट निस्किएरको पानी जहदी , धन्छवार, सलौखर, सितापुरलगायत दक्षिणीक्षेत्रको खेती जलमग्न भएको छ । फुलवारीक्षेत्रमा जमिनबाट आफै निस्किने पानीको उचित व्यवस्थापन नभएकोले दक्षिण ग्रामिणक्षेत्रमा रहेको खेतमा लगाएको बाली डुबेको अवस्थामा पुगेको वडा सचिव फेकु यादव बताउँछन् । खेतीमा रोकिएको पानीले नगदेवाली तथा तरकारी खेतीमा क्षति पुगेको छ । पानीको व्यवस्थापन गर्न स्थानीयले गाउँपालिका र वडा कार्यालयलाई पटक पटक भन्न सुन गरेका छन् ।

पानीलाई व्यवस्थापन गर्न बुधवार जनप्रतिनिधि र स्थानीय कृषकवीच छलफल गरिएको छ । तर, यसको ठोस निकास नपाएकोले कृषकहरु आक्रोशित भएका छन् । यो समस्या एक पटकको लागि नभएर पटक पटक हुने गरेकोले स्थानीयतहका जनप्रतिनिधिहरुले ठोस योजना ल्याउँन समय लाग्ने जिकिर गर्छन् । यसलाई व्यवस्थापन गर्नको लागि अन्य खेतीतर्फ डोर्याउँन व्यवस्थित नहरको आवश्यकता रहेको छ । योसँगै अन्य खेतीतर्फ सिँचाई हुने आधार रहेको छ ।

मुख्यमन्त्रीले वितरण गरे ७० बालिकालाई साईकल

Image may contain: 2 people

मुख्यमन्त्रीले वितरण गरे ७० बालिकालाई साईकल प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छोरीलाई शिक्षा दिए मात्रै मधेश र मधेशीको अधिकार सुनिश्चित हुने बताउँनुभयो । आज बलान विहुल गाउँपालिकाका छात्राहरुलाई साईकल उपलब्ध गराउँदै बेटीहरु विना समृद्ध मधेश नबने भएकोले शिक्षातर्फ आक्रर्षित हुनुपर्ने जरुरी रहेको मृख्यमन्त्री राउतले बताउँनुभयो । बलान विहुल गाउँपालिकाका प्रमुख दयानन्द गोइतका सभाध्यक्षतामा भएको सो कार्यक्रममा ७० जना बालिकालाई प्रदेश २ सरकारको तर्फ साईकल उपलब्ध गराएको पत्रकार रासिन्द्र यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤