ताजा समाचार

अरगरियाद्वारा संशोधन विद्येयक दर्ता

  • फागुन १, २०७५
  • १९८३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फागुन १ राजन सिंह । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवं संघीय दलको प्रमुख सचेतक उमाशंकर अरगरियाले संघीय संसदमा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको संचालन , सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक माथि संशोधन विद्येयक दर्ता गराएको छ । संघीयतालाई बचाउनका लागि अनिवार्य संशोधन हुनु पर्ने प्रस्ताव नेपाल सरकार संग जोडदार माग राख्दै सदनमा विधेक दर्ता गराएको र सदनको दर्ता नम्बर ५ रहेको जनाईएको छ । (क्र.स. १.) दफा ४ उपदफा ४ मा नेपाल सरकारले तोकेको बमोजिम हटाउनुपर्ने संशोधनको व्योहोरा (क्र. स. २.) दफा ४ उपदफा ७ मा संघीय कानुन बमोजिम हुनेछ भन्ने व्यहोरा हटाउनुपर्ने (क्र.स. ३ ) दफा ४ उपदफा ८ प्रदेश प्रहरीको पोशाक प्रदेश प्रहरी नियमावलीले तोके बमोजिम हुनेछ भनी थप्नु पर्ने र सोही खण्डमा रहेको नेपाल सरकारले निर्धारण गरे बमोजिम शब्द हटाउनुपर्ने (क्र.स. ४) दफा ५ उपदफा १ , २ र ३ मा दफा ५ को उपदफा १,२ र ३ पुर्ण रुपेन संबिधानको धारा १६८ (२) , १६२ (२) र धारा ५६ को अनुसूची ६ को क्र.स. १ र अनुसूची ७ को ३ र ४ संग बाझिने भएकोले हटाउनुपर्ने (क्र.स. ५ ) दफा ६ उपदफा १,२,३,४,५,६,७,८ प्रदेश प्रहरीको काम कर्तव्य र अधिकार प्रदेश प्रहरी ऐन बमोजिम प्रदेश सभाले कानुन बनाउने भएकोले यो दफाको औचित्य यस विधेकमा नहुने भएकोले सम्पुर्ण दफा र उपदफा हटाउनुपर्ने (क्र.स. ६) दफा ७ संशोधनको व्यहोरा (च.) थप गरि , नेपाल प्रहरीको कार्यक्षेत्र बाहेकको अपराध रोकथाम , अनुसंधान र नियन्त्रण (छ.) थप गरि , फौजदारी कार्य्विधि को कार्यवन्यन (ज.) प्रदेश प्रहरी ऐनले तोकेको अन्य कार्य (क्र.स. ७) दफा ११ उपदफा २ यो उपदफाको औचित्य नरहेकोले हटाउनुपर्ने (क्र.स. ८) दफा १४ उपदफा १,२,३,४ र ५ मा दफा १४ को उपदफा १,२,३,४ र ५ संबिधानको धारा १६८ (२ ) ,१६२ ( २) र धारा ५६ को अनुसूची ६ को क्र.स. १ र अनुसूची ७ को ३ र ४ संग बाझिने भएकोले हटाउनुपर्ने (क्र.स. ९) दफा १५ उपदफा २ र ३ हाल रहेको यी दुईटै उपदफा हटाइ , जिल्लामा प्रदेश प्रहरीको परिचालन र नियन्त्रण प्रदेश प्रशासन अधिकारीले गर्नेछ भनी थप्नु पर्ने (क्र.स. १०) दफा १५ उपदफा ४ सामान्य शब्द हटाउनुपर्ने (क्र.स. ११) दफा १७ उपदफा १ मा प्रचलित संगै रहेको शब्द हटाउनुपर्ने लगायतका मागहरुलाई संशोधन गराउनका लागि जोडदार माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤