Siraha Times
ताजा समाचार

जातीय भेदभाव छुवाछूत गरेको अभियोगमा उग्रनारायण यादवविरुद्ध प्रहरीमा जाहेरीदर्ता

  • चैत १५, २०७९
  • ७६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, १५ चैत । भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवमाथि जातीय भेदभाव तथा छुवाछुत कसुरमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ । गत फागुन २२ गते आमाको शुद्धिकरण भोजमा ब्यानर पोष्टर र प्लेकार्ड झुण्ड्याएर कथित पानी चल्ने र नचल्ने जातिहरुलाई अलग अलग स्थानमा राखेर भोज खुवाएको भन्दै एक दर्जन दलितहरुले जाहेरी दर्ता गराएका छन् । जाहेरी दिनेहरुमा विन्दैस्वर मण्डल, राम विलास मोची, नवीन पासवान, शिवलाल सदा, सत्य नारायण मोची, जितेन्द्र पासवान र असर्फी मोची लगायत अन्य ४ जना रहेका छन् । यो सँगै अब प्रहरी कार्यालयमा उजुरी दर्ता भइसके पछि भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादव दोषी ठहर भएको छ । अब - प्रहरीले उग्रनारायण यादवलाई पक्राउ गरि कानुनी प्रकृिया अगाडि बढाउने बताएको छ।

Open photo

जाहेरी दरखास्तमा भनिएको छ जातीय भेदभाव तथा छुवाछुत ( कसुर र सजाय ) ऐन २०६८ को दफा ३ , उपदफा (१),(२) र (३) र दफा ४ को उपदफा (१),(२) र (३) (४),(५) (६) र (१२) र दफा ५ बमोजिम उजुरी दिएको हो । जाहेरीमा दफा ७ को उपदफा १ को (क),(ख) र (ग) र सोही ऐनको दफा २ बमोजिम आरोपीलाई पक्राउ गरी हदैसम्म सजाय गर्न र क्षतिपूर्ति भराउन माग गरिएको छ । जिल्ला प्रहरी कार्यालयले सुरुमा जाहेरी दरखास्त दर्ता आनाकानी गरे पनि मानव अधिकार आयोग र दलित आयोगले दबाब दिए पछि जाहेरी दर्ता गरिएको दलित अगुवा (संजय महरा) शिव कुमार महराले जानकारी दिएका छन् ।

Open photo

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१