जातीय भेदभाव छुवाछूत गरेको अभियोगमा उग्रनारायण यादवविरुद्ध प्रहरीमा जाहेरीदर्ता

  • चैत १५, २०७९
  • ६३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, १५ चैत । भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवमाथि जातीय भेदभाव तथा छुवाछुत कसुरमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ । गत फागुन २२ गते आमाको शुद्धिकरण भोजमा ब्यानर पोष्टर र प्लेकार्ड झुण्ड्याएर कथित पानी चल्ने र नचल्ने जातिहरुलाई अलग अलग स्थानमा राखेर भोज खुवाएको भन्दै एक दर्जन दलितहरुले जाहेरी दर्ता गराएका छन् । जाहेरी दिनेहरुमा विन्दैस्वर मण्डल, राम विलास मोची, नवीन पासवान, शिवलाल सदा, सत्य नारायण मोची, जितेन्द्र पासवान र असर्फी मोची लगायत अन्य ४ जना रहेका छन् । यो सँगै अब प्रहरी कार्यालयमा उजुरी दर्ता भइसके पछि भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादव दोषी ठहर भएको छ । अब - प्रहरीले उग्रनारायण यादवलाई पक्राउ गरि कानुनी प्रकृिया अगाडि बढाउने बताएको छ।

Open photo

जाहेरी दरखास्तमा भनिएको छ जातीय भेदभाव तथा छुवाछुत ( कसुर र सजाय ) ऐन २०६८ को दफा ३ , उपदफा (१),(२) र (३) र दफा ४ को उपदफा (१),(२) र (३) (४),(५) (६) र (१२) र दफा ५ बमोजिम उजुरी दिएको हो । जाहेरीमा दफा ७ को उपदफा १ को (क),(ख) र (ग) र सोही ऐनको दफा २ बमोजिम आरोपीलाई पक्राउ गरी हदैसम्म सजाय गर्न र क्षतिपूर्ति भराउन माग गरिएको छ । जिल्ला प्रहरी कार्यालयले सुरुमा जाहेरी दरखास्त दर्ता आनाकानी गरे पनि मानव अधिकार आयोग र दलित आयोगले दबाब दिए पछि जाहेरी दर्ता गरिएको दलित अगुवा (संजय महरा) शिव कुमार महराले जानकारी दिएका छन् ।

Open photo

प्रतिक्रिया दिनुहोस

सिरहामा लागुऔषधसहित ...

ओम प्रकाश यादव लहान, ४ कार्तिक । सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित पेट्रोल पम्प नजिक लागु ...

विपन्न दलित समुदायको ...

लहान कात्तिक २। यहाँको लहान नगरपालिका–१५ स्थित लंग्राहा मुसहरी टोलका शिवशंकर सदायका बाबुआ ...

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१