ताजा समाचार

मिर्चैयामा स्कुल बस र टेम्पो ठोक्किदाँ दाईको मृत्यु, भाई घाइते

  • फागुन १, २०७५
  • १५८७ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, ०१ फाल्गुन । सिरहाको मिर्चैयामा स्कुल बस र टेम्पु एकआपसमा ठोक्किदाँ दाईको मृत्यु भएको छ भने भाई घाईते भएको छ । पुर्वपश्चिम राजमार्ग अन्र्तगत मिर्चैया नगरपालिका ५ स्थित आज विहान टाईम्स स्कुल मिर्चैयाको बस र टेम्पु एक आपसमा ठोक्किदाँ मिर्चैया नगरपालिका २ बस्ने २७ बर्षीय विरेन्द्र साहको मृत्यु भएको छ । पुर्वबाट पश्चिमतर्फ जाँदै गएको ना.४ ख ४९०४ नम्बरको स्कुल बस र बिपरित दिशाबाट आउँदै गरेको ना.३ स ३४२० नम्बरको टेम्पु एकआपसमा ठोक्किदाँ टेम्पुमा सबार साहको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक सुकदेव खनालले जानकारी दिए ।  दुर्घटनामा परी घाईते भएका सोही स्थानका २५ बर्षीय मुकुनदेब साहको स्थानिय स्थानिय स्तरमा उपचार भईरहेको प्रहरी नायब उपरिक्षक खनालले बताए ।
52448026_542824726210365_4937161466206748672_n%2B%25281%2529
ठक्कर दिई फरार रहेको बसलाई खोजीतलाश गरी तत्कालै नियन्त्रणमा लिएको उनले बताए । बस र टेम्पो चालक सहित प्रहरीको नियन्त्रणमा रहेका छन् । शवको पोष्टमार्टमका लागि रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहान पठाईएको छ । घटनाको सम्वन्धमा अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤