मृत्यु भोजके जगह विद्यालयके दान , जनकपुरके अस्पताल पछारी नवजात शिशु के शव

  • फागुन १, २०७५
  • १०३४ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक । रेडियो सौगात आलोक यादव सिरहाका ५२ स्वास्थ्य प्रतिस्ठान अवैद्य ढँगबाट सँचालन भइरहेको खुलासा भएको छ । सिरहामा सञ्चालित अधिकाँश निजी स्वास्थ्य प्रतिस्ठान अवैद्य रूपमा सञ्चालन भइरहेका छन् । यस्ता गैरकानुनी संचालनमा रहेका स्वास्थ्य प्रतिष्ठानलाई कारबाही गर्ने प्रक्रिया अघि नबढाएको रहस्मय बन्दै गएको छ । सरोकारवाला निकायहरु ति संस्थाहरुबाट महिनावारी लिने गरेको छ भने कतिले महिनामा रकम नबुझाउँदा विभिन्न किसिमको दवाव दिने ग रेको छ । लहान स्थित रहेको सप्तर्षी नर्सिगं होम, डिभाइन अस्पताल, फ्रेन्ड्स मोडेल अस्पताललगायत गोलबजार, मिर्चैया स्थित रहेको स्वास्थ्य प्रतिष्ठानहरु नविकरण नगराएर गैरकानुनी रूपमा सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालय प्रशासन प्रमुख उमेश कर्णले जानकारी दिए । यी मात्र नभइ जिल्लामा यसरी अवैधानिक रूपमा सञ्चालित निजी स्वास्थ्य संस्थाको संख्या करिब ५२ वटा रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रशासनले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रशासन प्रमुख कर्णका अनुसार दोब्बर दस्तुर बुझाएर नवीकरण गर्ने अवधिसमेत गुजारी सकेका स्वास्थ्य संस्थाहरूलाई किन दर्ता खारेज नगर्ने भनेर स्पष्टीकरण मागिएको थियो । तर कसैले स्पष्टीकरण नदिएको उनले बताए । तसर्थ त्यस्ता स्वास्थ्य संस्थाहरू स्वतः खारेजीमा परेको बताउँदै कर्णले अब तिनलाई बन्द गर्न मात्र बाँकी रहेको जानकारी दिए । त्यसका लागि जिल्ला स्वास्थ्य प्रमुख अघि सर्नुपर्ने उनको भनाइ छ । उता जिल्ला स्वास्थ्य कार्यालय प्रशासन प्रमुख कर्णले भने आफ्नो एक्लोे प्रयासले मात्र यो काम सम्भव नहुने भन्दै निरीहता प्रकट गर्छन् । त्यसका लागि प्रहरी प्रशासनको सहयोग आवश्यक पर्ने उनी बताउँछन् । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जिल्लामा सञ्चालित अवैधानिक स्वास्थ्य संस्था बन्द गराउन आफूले जिल्ला स्वास्थ्य संस्थालाई पटकपटक भनिसकेको बताए । ०७३ मा एक वर्षका लागि नवीकरण भएका सम्पूर्ण स्वास्थ्य संस्था स्वतः खारेजीमा परिसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रशासन प्रमुख कर्णले बताए । स्वतः खारेजीमा परिरसकेका स्वास्थ्य संस्थाहरूले कानुनी रूपमा सेवा सञ्चालन तत्काल बन्द गर्नुपर्ने उनले बताए । तर, कानुन कार्यान्वयन पक्ष कमजोर हुँदा यी स्वास्थ्य संस्थाहरूले आफ्ना सेवा सञ्चालन गरिरहेका छन् ।

युग अनुसार संस्कार पनि परिवर्तन गर्दै गएको छ । यसैलाई आत्मसात गर्दै सिरहाको एक गाउँमा मृत्यू भोज नै नगरी सबै खर्च एक विद्यालयलाई दान गरिएको छ । मधेशमा दिनप्रतिदिन मृत्यू भोज लगायत अन्य भोज विकृतिको रुपमा मात्र परिचालित भएको भन्दै सिरहाको कर्जन्हा नगरपालिका वडा नं. ११ बगहामा सासूआमाको पूण्यतिथीमा लाग्ने भोज भत्तेरको खर्च विद्यालयमा दान गरेको हो । सिरहा कर्जन्हा नगरपालिका वडा नं. ११ बस्ने गुरुदयाल महतोकी श्रीमति स्वर्गीय पार्वती कुशवाहाको स्मृतिमा उनकी छोरी निलु सिँह र ज्वाई मन्दिप कुमार महतोद्धारा गत माघ २७ गते मनाउने भनिएको पुण्यथितिको अवसरमा हिन्दु सँस्कृति अनुसार विधिविधान गरेपनि भोजभतेरको रकम स्थानीय आधारभूत विद्यालय बगहामा दान गरेका हुन् ।पेशाले ईन्जिनीयर रहेका मन्दिपले मृत्यूभोज मात्र विकृतिको रुपमा बाध्यता रहेको भन्दै अवको २१ औँ शताब्दीमा पनि मृत्यूउपरान्त गरिने यी परम्परालाई परास्त गर्न विद्यालयमा सहयोग स्वरुप दुईओटा स्टिल दराज प्रदान गरेका हुन् । सो जिन्सी दराज विद्यालयका प्रधानाध्यापक रामकृष्ण कामरलाई हस्तान्तरण गरेकी हुन् । मृत्यूभोजमा लाग्ने रकम गरिब, दलित विद्यार्थीहरुको भविष्य सुधार केन्द्रको रुपमा स्थापित समुदायिक उक्त विद्यालयमा सहयोग गरेपछि चारैतर्फबाट चर्चा बटुलेका छन् ।

 

सिरहाको धनगढीमाइ नगर पालिका शिक्षा शाखाको आयोजनामा सामुदायिक बिद्यालयका ब्यबस्थापन समितिका अध्यक्षहरुसंग मंगलबार ब्यबस्थापन समितिका काम कर्तव्य तथा अधिकार र गुणस्तरिय शिक्षामा नगर पालिकाको सोच र लगानी बिषक एक दिने छलफल कार्यक्रम सम्पन्न भयो । धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरीका अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्यबस्थापन समितिका अध्यक्षहरुले आ आफ्नो बिद्यालयहरुका शैक्षिक तथा आर्थिक गतिविधिहरुको रिपोर्टिंग गर्नुका साथै समस्याहरुका बारेमा जानकारी गराउनु भएको थियो । नगर प्रमुख हरिनारायण चौधरीले अध्यक्षहरुको समस्याहरुलाइ हदै सम्मको समबोधन गर्ने प्रतिबद्धता जनाउनु हुदै गुणस्तरीय शिक्षाको निम्ति नगर पालिकाको योजना र नीतिबारे प्रस्टयाउनु भएको थियो । त्यसैगरि सामाजिक विकास समितिका संयोजक प्रकाश योञ्जनले ब्यबस्थापन समितिका अध्यक्षहरुलाई बिद्यालय प्रति जिम्मेवार हुन् साथै नागर पालिकाको योजनालाइ सहयोग गर्न अनुरोध गर्नु भयो । कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख राम लखन मण्डलले गर्नु भएको जानकारी प्रवक्ता योञ्जनले दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

राष्ट्रिय समाचार समि ...

रहमुल, लहान, ७ फागुन । राष्ट्रिय समाचार समिति (रासस) जिल्ला कार्यालय लहान, सिरहाले आफ्नो ६५औँ वार्षि ...

छपकैयामा घरदैलो गर्द ...

वीरगंज ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि ...

लहान–४ मा जनसागर: पर ...

लहान फागुन ६ । सत्य नारायण यादवको नेतृत्वमा लहान नगरपालिका–४ मा सञ्चालन गरिएको घरदैलो अभियानमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१