Siraha Times
ताजा समाचार

जनमतको बृहत पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

  • चैत ७, २०७९
  • १०४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल चैत्र ७ मधेस प्रदेश । सिरहाको गोलबजार नगरपालिकाको पुरानो चोहर्वा बजारमा आयोजीत पार्टी प्रवेस तथा आम सभा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । अध्यक्ष एवं संसद डा. सी.के राउतको विशिष्ट आथित्यमा आयोजीत कार्यक्रममा जनमत पार्टीका प्रदेश , जिल्ला र स्थानिय स्तरका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । आजको कार्यक्रममा करिब 1200 जनाले विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेको उक्त पार्टीले जनाएको छ । मधेसका समस्याहरू बिस्तारै समाधान गर्दै किशानको मलखादको ब्यबस्थाप्रति आफूहरु गम्भीर भएको सहभागी नेता बिनोद चौधरी ज्यूले बताउनु भयो । डाक्टर सिके राउत आउने भएपछि पूर्व पक्षिम्म राजमार्गको चोहोर्वामा सुरक्षा ब्यबस्था कडा पारिएको थियो भने कार्यक्रम स्थलमा शान्ति वातावरणमा उलेख्निय जनसहभागिताको बीच आयोजित कार्यक्रममा नव आगन्तुकलाई डाक्टर राउतले बधाई तथा शुभकामना दिनु भयो । कार्यक्रम समापन पछि पत्रकार बिनोद मण्डलसंगको छोटो कुराकानीमा डाक्टर राउतले सिरहाको यस कार्यक्रमले आफू खुशी भएको प्रतिकृया दिनु भएको थियो । साथै कार्यक्रममा जनमत पार्टीका प्रदेशस्तरीय मन्त्रीहरु पनि उपस्थित हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१