विकाशमा अग्रता कायम गर्दै अमित ठकुरी

  • चैत ७, २०७९
  • ६४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल चैत्र ७ । आम जनताको भावनालाई उजागर गर्दै वडा अध्यक्ष अमित ठकुरी । भौगोलिक रूपमा विकट मानिएको सिरहाको बस्तीहरुमा खाने पानी,बिजुली ,बाटो अभाव भएको अवस्थामा आम जनताको वर्षौको ईच्छालाई पूरा गर्दै आएका छन कलिला वडा अध्यक्ष अमित ठकुरी । बौद्धिक व्यक्तित्व र दूरदर्शी उच्च प्रशंसाका पात्रका रूपमा धनगढीमाई नगरपालिकामा परिचित वडा अध्यक्षका रूपमा परिचित भएका अध्यक्ष ठकुरीको एतिहासिक कदमले आम स्थानीयमा खुशीयाली छाएको छ ।

सिरहा र उदयपुर जोड्ने सिराहा जिल्लाकाे धनगढीमाई नगरपालिका वडा नं. १४ स्थिति सर्रे बस्ती हुँदै कटारी नगरपालिकाको वडा नं. ५ काे भाेर्ले बस्ती जाेड्नका लागि दुवै वडाकाे सिमामा रहेकाे चुरे जंगलकाे सलहेस डाँडासम्म सडक ट्र्याक ल्याईसकेकाे अवस्थामा भाेर्ले सिरानदेखि करिब ३ कि.मि. दुरी सिराहाको भूमिलाई जोड्नका लागि भएकाेले उक्त सडकलाई पूर्ण रूपमा जाेड्नका लागि धनगढीमाई न.पा. वडा नं. १४ का वडा अध्यक्ष अमित ठकुरी ज्यु लगायत स्थानिय वडाबासीहरूसंग र कटारी वडा नं. ५ का वडाबासीहरू बिच साेही स्थानमा व्यापक छलफल गरि उक्त सडकलाई पूर्ण रूपमा जाेडि अन्तर प्रदेशकाे भावनात्मक सम्बन्ध सुमधुर बनाउनका लागि आ-आफ्नो ठाउँबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

दुइ जिल्लाको सडकले उदयपुर ,खोटाङ ,सोलु ,ओखलढुंगा , भोजपुर ,लगायत यस मार्गले पहाडी जिल्लाहरूमा पुग्नका लागि छिटो छरितो सबै ठाउँमा पुग्न सकिने अवस्था रहेको छ । एतिहासिक कदमको यतिबेला चौतर्फी प्रसंशा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१