Siraha Times
ताजा समाचार

राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

  • चैत ७, २०७९
  • १०४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/ चैत ६ । पश्चिम नवलपरासीमा नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान राेहित पाैडेललाई भव्य स्वागत तथा सम्मान गरिएकाे छ । पश्चिम नवलपरासीकाे क्रियाशिल संघसंस्थाले नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान राेहित पाैडेललाई स्वागत तथा सम्मान गरेका हुन् । रामग्राम जेसिज, नवलपरासी क्रिकेट संघ, सरावल खेलकुद संस्था, राेटरी क्लब अफ नवलपरासी, क्षेत्री समाज नवलपरासी संयुक्त रूपमा नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान राेहित पाैडेललाई भव्य स्वागत तथा सम्मान गरेकाे हाे ।

आफनाे गृह जिल्ला नवलपरासी आएका नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई भव्य स्वागत तथा सम्मान गरिएकाे छ । भर्खर सम्पन्न विश्व क्रिकेट लिङ टुमा नेपालकाे तर्फबाट उत्कृष्ट प्रर्दशन गरि यूएलाई हराउदै जिम्बावेमा हुने बिश्वकपमा छनाैट बनाउन सफल भएका कप्तान राेहित पाैडेलनवलपरासी जिल्लाकाे मानसम्मान बढाउनु भएकाे भन्दै जिल्लामा भव्य स्वागत सम्मान गरिएकाे जेसिजका अध्यक्ष बेनिमाधव बस्यालले बताउनुभयाे ।

क्रिकेटमा गरेको उपलब्धिले नवलपरासीकाे प्रतिष्ठा बढेका र आगामी दिनमा थप प्रगाति हुँदै हाेस शुभकामना दिनुभयाे । कार्यक्रम पत्रकार महासंघका नवलपरासीका अध्यक्ष हरि शर्माले नेपाललाई जिम्बावेमा हुने बिश्वकपमा छनाैट बनाउन सफल भएका कप्तान राेहित पाैडेल नवलपरासी जिल्लाकाे मानसम्मान बढाउनु भएकाे भन्दै आगमी दिनमा पनि खेलमा उत्कृष प्रर्दशन गरि जिल्लाकाे गाैरब बढाउनुहुने बिश्वास व्यक्त गर्नुभएकाे थियाे । नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेलले याे खेलाडीहरू जित मात्र नभई सम्रग देशकाे जित भएकाे बताउदै मेराे मात्र जित हैन याे सबैकाे जित भएकाे बताउनुभयाे । उहाँकाे गृह जिल्ला बर्दघाट नगरपालिकाकाे पश्चिम नवलपरासीमा पर्छ ।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार २०। सप्तरीको खडक नगरपालिका मधेश प्रदेशकै दोस्रो बालमैत्री स्थानीय शासनयुक्त ...

सुरुङ्गामा १८० घण्टे ...

ओम प्रकाश यादव लहान असार २०। महिलाहरूलाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सुरुङ्गा नगरपालिकाको ...

सिरहामा प्रहरी र लाग ...

ओम प्रकाश यादव लहान असार २०। सिरहाको नवराजपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमावर्ती क् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१