Siraha Times
ताजा समाचार

विद्यार्थीलाई शुभकामना दिनुहुँदै वडा अध्यक्ष ठकुरी

  • चैत ५, २०७९
  • ९९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल चैत्र ५ । सिरहाको धनगढीमाई १४ मा रहेको मदन भण्डारी माबिका विद्यार्थीलाई वडा अध्यक्ष अमित ठकुरीले बिशेष शुभकामना दिनु हुँदै बिदाई गर्नु भएको छ । मदन भण्डारी माबिको सभा हलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोप बहादुर राईको अध्यक्षतामा आयोजित कार्यक्रममा विशिष्ट अथिति वडा अध्यक्ष अमित ठकुरी , प्रमूख अथिति रेखा कुमारी राई अथितिहरु लोक बहादुर राउत, शिक्षकहरु राजेन्द्र मगर , योग बहादुर राउत, धर्मेन्द्र शर्मा, रीता राई, जुनु राई, समीक्षा कार्की , सविना शाही ,सुजा शाही लगायतका उपस्थितिमा कक्षा १० का विद्यार्थीलाई प्रवेशिका परीक्षाको लागि शुभकामना आदानप्रदान गर्दै खादा ओढाएर सम्मान समेत गरिएको छ ।

कार्यक्रममा वडा अध्यक्ष अमित ठकुरी ज्यूले विद्यार्थीहरुलाई टिका र खादा ओढाएर सम्मान गर्दै " प्रवेशिका परीक्षाको तयारीमा जुट्न आग्रह गर्दै , सिरहाको धनगढीमाई १४ भौगोलिक रूपमा विकट मानिएको ठाउँमा आफ्नो कार्यकालमा शैक्षिक वातावरणको सिर्जना भएकोमा खुशी व्यक्त गर्दै उपस्थित सवै विद्यार्थीलाई टिका लगाएर सफलताको शुभकामना दिनु भएको छ ।वडा अध्यक्ष अमित ठकुरीको हातबाट टिका लगाएर आजको बिदाई समरोहबाट खुशी भएको बिधार्थीहरुले प्रतिक्रिया दिएका छन । आम शिक्षक विद्यार्थी अभिभावसमेतको सहभागीताले सजिएको कार्यक्रममा बिदाईको अन्तिम घडीमा सबै भावुक भएका थिए । कार्यक्रममा बोल्दै प्रधानाध्यापक रेखा कुमारी राईले सवै विद्यार्थीलाई शुभकामना दिनु हुदै केही छिन भावुक हुनु भएको थियो भने कार्यक्रमको समापन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोप बहादुर राईले गर्नू भएको थियो ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१