ताजा समाचार

वरियारपट्टीमे छुरा मारलअक

  • फागुन १, २०७५
  • ८१२ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

सिरहा लहान भारती गुप्ता फागुन १ । व्यक्तिगत रिसिविको कारण वरियारपट्टीमा एक युवकमाथी छुरा प्रहार गरेको छ । आज विहान साढे ११ बजेतीर ४—५ जनाको एक समूहले प्रमोदकुमार यादवमाथी छुरा प्रहार गरेको छ । वरियारपट्टी ३ लवटोलीका प्रमोद यादवमाथी छुरा प्रहार गरी स्थानीय रविन्द्र दास, सुरज दास, लतो यादव, छोटी यादवलगायत फरार भएका छन् । छुरा प्रहारबाट प्रमोद गम्भिर घाईते भएको छ । उनको छातीमा छुरा लागेर घाईते भएको स्थानीय श्यामदेव मुखियाले बताएका छन् । उपचारको लागि लहान अस्पताल ल्याएको छ भने उनको उपचार यहाँ सम्भव नदेखिने जानकारीमा आएको छ । स्थानीय विरेन्द्रकुमार मुखियाका अनुसार दूई दिनअघि नै यो झगडाको विउ रोपिएको थियो । उनीहरुवीच समान्य झगडा भएको थियो । तर, आज सुनियोजित ढँगबाट प्रमोदमाथी छुरा प्रहार भएको छ । घटना भएपछि प्रहरीलाई खबर गरेपछि छुरा प्रहार गर्ने समूह फरार भएका छन् । उता छुरा प्रहार गरी हत्या गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका ४ माङहिङ टोल डेरा गरी बस्ने सोलुखुम्बु घर भएका ३६ वर्षीय लालबहादुर राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही स्थान डेरा गरी बस्ने खोटाङ घर भएकी ३२ वर्षीया सोनिया राईलाई छुरा प्रहार गरी हत्या गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो । रामधुनी नगरपालिका(१ बस्ने ८५ वर्षीया नरबहादुर क्षेत्री आफ्नै घरको कोठामा सुतिरहेको अबस्थामा मंगलबार बिहान मृत फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जंगली हात्तीले आतंक मचाएको

Image result for photo of elephant

केही दिनदेखि सिरहाको उत्तरी गाउँमा जंगली हात्तीले आतंक मचाएको छ । करिब ५—६ दिनदेखि उत्तरी क्षेत्रमा पर्ने चुरे जंगलबाट आएका हात्तीको समूहले त्यसक्षेत्रका गाउँहरुमा आतंक मच्चाएको छ । गोलबजार नगरपालिका–३ जमदह, मुसहर्निया र गोलागाउँमा सोमबार राति छ वटा जंगली हात्तीले स्थानीय छ जनाको भान्सा घर, शौचालय भत्काउनुका साथै गहुँबारी, टमाटर खेती नष्ट गरेको छ । वडाध्यक्ष धनप्रसाद मोक्तानका अनुसार बिहान करिब साढे ३ बजेतिर आएको एक बच्चासहित छ वटा हात्तीले लक्ष्मण राईको थाङ्ग्रामा राखिएको करिब सात क्विन्टल मकै खाएको छ ।यस्तै, मुसहर्निया गाउँका प्रकाश मल्लिकको शौचालय भत्काउनुका साथै भान्सा घरमा राखिएको करिब ३० केजी चामल खाएको छ । चिनीमाया तामाङको भान्सा घर भत्काएको छ । जमदह गाउँका गोपाल बुढाथोकीको पनि भान्सा घर भत्काएको छ । उनले भने, ‘बालबालिकासहित सुतिरहेका बेला आएको हात्तीको समूहले भान्सा भत्काउन थालेपछि आफूहरु सुतेको घरको खाटमुनि लुकेर ज्यान जोगायौं ।’ रमेश साह र कृष्णदेव साहको १० कठ्ठा क्षेत्रफलको गहुँ खेती र दुई कठ्ठामा गरिएको गोलभेडा खेती नष्ट गरेको छ । करिब दुई महिनाअघि पनि जङ्गली हात्तीको समूहले जमदहका तीन जनाएको घर भत्काई दिनुका साथै घरमा राखेको धान चामल समेत खाएको वडाध्यक्ष मोक्तानले बताए । धनगढीमाई नगरपालिका–१३ मा पर्ने उत्तरी गाउँमा पछिल्लो तीन दिनदेखि जंगली हात्तीको कारणले स्थानीय बासिन्दा आतंकित भएका छन् । समूहमा आउने हात्तीले भुल्किया जोगी डाँडाका राजेन्द्र लामा र सुवे यादवको घर भत्काउनुका साथै भकारीमा राखिएको धान चामल खाएको वडाध्यक्ष सूर्यमान तामाङ्ले बताए । सिरहाको उत्तरी क्षेत्रमा हरेक वर्ष दिउँद याममा चुरे जंगलबाट आउने जंगली हात्तीले स्थानीय बासिन्दाको घर भत्काइदिने, बालीनाली खाइदिने गरेको छ । जंगली हात्तीको आक्रमणमा परेर यसअघि तीन जनाले ज्यान गुमाइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤