Siraha Times
ताजा समाचार

अबैध रुपमा ५ वटा टेक्टर ल्याउदै गरेकाे काेईला मध्ये ३ टेक्टर मात्र प्रहरीले लियाे नियन्त्रणमा

  • फागुन २०, २०७९
  • ९२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/ फागुन १९ । नवलपरासीको सशस्त्र प्रहरीले जनशक्ति नभएको भन्दै अवैध रुपमा ल्याइएको कोइला बरामद नगरी छाडेको छ । प्रहरीले हिजाे भारतीय सीमा नाकाबाट ल्याउँदै गरेको ५ टेक्टर मध्ये ३ वटा टेक्टरको कोइला बरामद गरेको छ । अन्य दुई टेकटरबाट ल्याइएको कोइला जनशक्ति नभएको भन्दै प्रहरीले त्यसै छाडेको हो ।

जिल्लाको भुजहवा र पँचपेडा नाकाबाट ५ वटा ट्याक्टरमा भन्सार छलेर ल्याइएको कोइला थियो । नेपाल प्रहरीको पँचपेडा चौकी हुँदै ल्याइएको कोइलालाई सशस्त्र प्रहरीले बरामद गरेको हो । तर २ वटा टेक्टरमा ल्याइएका कोइला खन्याएर फालेको भन्दै सशस्त्रले उठाएको छैन । ३ वटा टेक्टरबाट बरामद भएको ६० क्वीन्टल कोइलाको मूल्य १६ लाख ८० हजार रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सीमा नाकासँग जोडिएको प्रतापपुर गाउँपालिका–४ हरकपुरामा रहेको गोदाममा स्टक गर्न कोइला ल्याइएको बताइएको छ । टिनको छाना राखेर बनाइएको गोदाम वरपर अहिले १० लाख बराबरको करिब ४० क्वीन्टल अवैध कोइला रहेको बताइएको छ । अवैध कोइला नउठाइएको बारे सशस्त्र प्रहरी बल नेपाल नं. २६ हे.क्वा.का उपरीक्षक (एसपी) धीरेन्द्र न्यौपानेले २ वटा टेक्टर कोइला खन्याएर भागेको र जनशक्ति नभएकाले त्यसै छाडिएको बताउनुभयो ।

उहाँले छाडिएको कोइला उठाउन नसकिने बताउनुभयो । बरामद गरिएको कोइला महेशपुर पठाइने उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले अवैध सामान कुनै पनि बहानामा छाड्न नमिल्ने बताउनुभयो । आफूलाई ३ वटा टेक्टरको मात्र जानकारी दिइएकोले त्यस बारे बुझ्ने उहाँले बताउनुभयो। सशस्त्र प्रहरीको मिलमतोमा कोइला छाडिएको आरोप छ ।

छाडिएको कोइलालाई रातको समयमा कारोबारी आएर उठाउने भएकाले आर्थिक प्रलोभनमा परेर छाडिएको स्थानीयको दावी छ । इट्टा उद्योगमा कोइलाको प्रयोग हुने गरेको छ । स्थानीय उद्योगमा प्रयोग गर्नका लागि कोइला ल्याइएको बताइएको छ । कोइलाको न्यूनतम ८ रुपैयाँ प्रति केजी भन्सार लाग्ने गरेको महेशपुर भन्सार कार्यालयका निमित्त प्रमुख खेम थापाले बताउनुभयो । कोइलाको श्रेणी हुने भएकाले दर भाउमा कम बेसी हुने भए कारण भारतीय बिल हेर १० देखि १४ रुपैयाँ प्रति केजी पनि पर्न सक्ने महेशपुर भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१