Siraha Times
ताजा समाचार

शिक्षक संगठनको उपाध्यक्षमा भिनबार निर्वाचित

  • फागुन १४, २०७९
  • ८१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । एकिकृत अखिल नेपाल शिक्षक संगठन धनुषा जिल्लाको जिल्ला अधिवेशनबाट शिक्षक श्रीकेष्ण भिन्भार उपाध्यक्ष पदमा सर्वसहमतिले चयन भएका छन् । शनिबार सम्पन्न अधिवेशनबाट शिक्षक भिन्भारलाई पदाधिकारीहरुको सर्वसहमतिले उपाध्यक्षको जिम्मेवारी दिएको हो । शनिबार गठन भएको ३९ सदस्यीय समितिको अध्यक्षमा धर्मेन्द्र यादव चयन भए भने उपाध्यक्षमा भिन्भार र अर्का उपाध्यक्षमा देव नन्दन ठाकुर चयन भएका हुन् । समितिको महिला उपाध्यक्षमा इन्दु नायक, सचिवमा मनोज कुमार यादव, सह–सचिवमा गंगा यादव सहित ३९ सदस्य जिल्ला समन्वय समिति गठन गरिएको हो । शनिबार जनकपुरधामस्थित जिल्ला अध्यक्ष धर्मेन्द्र यादवको अध्यक्षता तथा नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) को पोलिटब्युरो सदस्य एवम् पूर्व शिक्षा विज्ञान तथा प्रविधि राज्य मंत्री बोधमाया यादवको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट कमिटि चयन गरिएको हो ।

अधिवेशनको क्रममा नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रिय पोलिटब्युरो सदस्य तथा धनुषा जिल्ला ईन्चार्ज श्रवण यादव, धनुषा जिल्ला पार्टी अध्यक्ष दिपक यादव , एकिकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय सचिव तथा नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य दिनेश राय विशिष्ट अतिथिको रुपमा सहभागीता जनाएका थिए । अतिथिको रुपमा केन्द्रीय सदस्य रेखा यादव, पूर्व केन्द्रीय सदस्य चन्देश्वर ठाकुर,राहत शिक्षक विभाग मधेश प्रदेश अध्यक्ष तथा प्रविधि मैत्री विशेष विभाग सह संयोजक गुलाव यादव मधेश प्रदेश शिक्षक संगठनको उपाध्यक्ष शिव चन्द्र मण्डल, सचिव राम बृक्ष महतो लगायत धनुषा जिल्लाको स्थानीय पालिका अध्यक्ष, सचिव, पदाधिकारीहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा जिल्ला अधिवेशन बाट उर्जावान गतिशील नयाँ पदाधिकारीहरु चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार २०। सप्तरीको खडक नगरपालिका मधेश प्रदेशकै दोस्रो बालमैत्री स्थानीय शासनयुक्त ...

सुरुङ्गामा १८० घण्टे ...

ओम प्रकाश यादव लहान असार २०। महिलाहरूलाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सुरुङ्गा नगरपालिकाको ...

सिरहामा प्रहरी र लाग ...

ओम प्रकाश यादव लहान असार २०। सिरहाको नवराजपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमावर्ती क् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१