Siraha Times
ताजा समाचार

किसानलाई समयमै मलखाद उपलब्ध गराउने प्रतिवद्वता

  • फागुन ११, २०७९
  • ८०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव निरज काठमाडौं २०७९ फागुन १० गते - मधेस प्रदेश अन्तर्गत सिरहाको नवराजपुर गाउँपालिकाले किसानलाई समयमै कृषि मलखाद उपलब्ध गराउने जनाएको छ।किसानहरूले हरेक बर्ष मल अभावकाे समस्या खेेप्दै आएका छन् ।तर नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवले यसवर्ष समयमै किसानलाई मलखाद उपलब्ध गराउने गरि आवश्यक तयारी गरिने बताएका छन् ।यसका लागि संघीय सरकार र प्रदेश सरकारसँग आवश्यक समन्वय गरिरहेको अध्यक्ष यादवले मध्यान्ह राष्ट्रिय दैनिक पत्रिका संवाददाता मनु यादव निरज लाई जानकारी गराएका छन् चालू आर्थिक वर्षमा गाउँपालिकाले विकासको बजेट रू ९ करोड १३ लाख रहेको छ।अध्यक्ष यादवले शिक्षा ,स्वास्थ्य ,कृषि ,र भेटनरीलाई,पहिलो प्राथमिकता राखिएको बताए ।उनका अनुसार न्यायिक समिति गठन भइसकेको छ भने दाइजो प्रथा न्युनीकरणकाे लागि गाउँपालिकाले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।यस्तै शिक्षा क्षेत्रकाे सुधारका लागि विधालय अनुगमनलाई तीव्र पारिएको अध्यक्ष यादवले बताएका छन ।

यसका लागि अध्यक्ष यादव आफैं पटकपटक विभिन्न विधालयमा पुगेर अनुगमन गर्ने कार्य हुदै आएको छ।त्यसैले शिक्षाक्षेत्रमा सकारात्मक सुधारसमेत हुन थालेको उनलेे दाबी गरेका छन ।विकासको कामका साथसाथै समाजमा व्याप्त बालविवाह विरूद विभिन्न जनचेतनामूलक कार्यक्रम समेत सबै वडामा सञ्चालनमा रहेको वडा नं.१ का वडा अध्यक्ष नवीन कुमार यादवले बताए । वडा नं.२ का वडा अध्यक्ष सुरेश कुमार यादवले गाउँपालिकाबाट प्राप्त रू ५० लाख बजेटबाट वडामा विकास निर्माणका कामलाई अगाडि बढाइएका जानकारी गराएका छन् ।वडा नं.२ ले विधालय सुधार कार्यक्रम र पक्की सडक निर्माणका लागि समेत आवश्यक बजेट विनियोजन गरिएको वडा अध्यक्ष सुरेशकुमार यादवले बताए।वडा नं.४ का वडा अध्यक्ष मदन कुमार यादवले गाउँपालिका बाट उपलब्ध बजेटबाट विधुतीय परियोजना ,सडक ढलान र ग्राभेलका साथै सिलाइ कटाइकाे परियोजना सञ्चालन गरिएको जानकारी गराएका छन् ।आज याे समाचार मध्यान्ह राष्ट्रिय दैनिक पत्रिकामा छापिएको छ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१