ताजा समाचार

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न गर्नुपर्ने जरुरी : प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ

  • माघ २५, २०७५
  • १५७४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

माघ २५, सिरहा । प्रदेश न.. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले विद्यालयहरुको स्तरोन्नति हुनुपर्ने कुरामा जोड दिनु भएको छ । वहाँले अध्यात्मका साथै योगा अभ्यासका कक्षाहरु पनि सँचालन गरिनुपर्ने बताउनुभएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका ४ को औराहा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवन समुद्धघाटन तथा शिलालेख अनावरण एवं सम्मान कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । बिभिन्न ७५७ जना दाताहरुको सहयोग तथा १ करोड २० लाखको लागतमा निर्माण गरिएको उक्त विद्यालयको भवनलाई शिलालेख अनावरण गर्दै समुद्धघाटन गर्नुभएको हो । उहाँले भन्नुभयो– दाताहरुले गरेको दान पुण्य एकदमै प्रशँसनिय छ । दान गर्नु यज्ञ गरे बराबर हुन्छ । त्यसैले सामाजिक दान पुण्यले समाजमा समेत प्रतिष्ठा बढ्छ ।

आफु पनि सामुदायिक बिद्यालयमा नै अध्ययन गरेको स्मरण गराउँदै सामुदायिक बिद्यालयहरुको शिक्षाको स्तरोन्नोती गर्न सके निजी विद्यालय भन्दा कम नहुने र क्षमतावान बिद्यार्थीहरु उत्पादन हुने बिश्वास व्यक्त गर्नुभयो । साथै उहाँले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न समेत आग्रह गर्नुभएको छ । २०३८ सालमा स्थापना भएको सो बिद्यालयमा अहिले प्लस २ सम्मको अध्ययन अध्यापन भईरहेको छ । बिद्यालयको पुरानो भवन एकदमै जिर्ण अवस्थामा पुगेकोले दाताहरुबाट सो रकम सँकलन गरी १ करोड २० लाखको लागतमा २ तल्ले बिद्यालयको भवन निर्माण गरेका छन । कार्यक्रममा भवन निर्माणमा सहयोग पुरयाउने दाताहरुलाई सम्मान गरिएको थियो भने अभिभावक , बिद्यार्थी तथा नागरिक समाजको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤