शिवालयमा पुरस्कार वितरण गर्दै कार्यक्रम सम्पन्न

  • फागुन ९, २०७९
  • ८३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल फाल्गुन ९ । सिरहाको धनगढीमाई १२ बगरटोलमा रहेको शिवालय मन्दिर परिसरमा आयोजित कार्यक्रममा सहभागी प्रतियोगीहरुलाई पुरस्कार वितरण गर्दै कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादवको प्रमूख आतिथ्य र स्थानिय युवा प्रदिप दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा अतिथीहरू वडा अध्यक्ष जय प्रकाश ठाकुर , नेतृ शोभा बराल, चौधरी महतो ,रामकुमार शाह, वडा १ का अध्यक्ष सुर्य नारायण यादव , वडा नं ३ का अध्यक्ष वीरेन्द्र शाह लगायतको उपस्थितिमा भएको कार्यक्रमकाे उद्दघाटन रामचन्द्र यादवले गर्नु भए पछि कार्यक्रम औपचारिकतामा परिणत भएको थियो ।

माहाशिवरात्रीको अवसरमा आयोजित कार्यक्रममा भएको नृत्य प्रतियोगितामा करिब ११ टिमको सहभागिता रहेको थियो भने नृत्य मूल्यांकनका लागि सन्तोष खड्का , खगेन्द्र मगर, शोभा बराल रहेका थिए । सहभागी टीमहरुलाई आफूले ल्याएको गीतमा नृत्य प्रस्तुत गराइएको थियो भने पहिलो चरणको नृत्य बाट छनौट भएको पाँच टीमलाई दोश्रो राउण्डका लागि तयार गरियो । दोश्रो चरणको नृत्यमा क्रमशः धनगढीमाई ११ बालुवा टोलका एली क्षत्री र वर्षा मगर प्रथमं, धनगढीमाई १४ की निशु ठकुरी दोश्रो र धनगढीमाई ९ की वासना हमाल तेश्रो स्थान प्राप्त गर्न सफल भएकी थिइन् । स्थानिय युवा प्रदिप दाहालको नेतृत्वमा आयोजित कार्यक्रममा शिवालय मन्दिर निर्माता अर्जुन परियारको विशेष सहयोग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिराहा–१ मा कांग्रेस ...

रहमुल, सिराहा १४ फागुन । आसन्न निर्वाचनको मुखमै सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण ...

सखुवानन्कारकट्टीमा ८ ...

रहमुल, लहान १३ फागुन । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. ५, समूह २ का ८६ जना महिलाहरूलाई ल ...

पर्सा–३ मा सुरेन्द्र ...

रोशन कुमार,वीरगंज १२ फागुन । पर्सा क्षेत्र नम्बर–३ का नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र प् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१