शिवालयमा पुरस्कार वितरण गर्दै कार्यक्रम सम्पन्न

  • फागुन ९, २०७९
  • ८१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल फाल्गुन ९ । सिरहाको धनगढीमाई १२ बगरटोलमा रहेको शिवालय मन्दिर परिसरमा आयोजित कार्यक्रममा सहभागी प्रतियोगीहरुलाई पुरस्कार वितरण गर्दै कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादवको प्रमूख आतिथ्य र स्थानिय युवा प्रदिप दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा अतिथीहरू वडा अध्यक्ष जय प्रकाश ठाकुर , नेतृ शोभा बराल, चौधरी महतो ,रामकुमार शाह, वडा १ का अध्यक्ष सुर्य नारायण यादव , वडा नं ३ का अध्यक्ष वीरेन्द्र शाह लगायतको उपस्थितिमा भएको कार्यक्रमकाे उद्दघाटन रामचन्द्र यादवले गर्नु भए पछि कार्यक्रम औपचारिकतामा परिणत भएको थियो ।

माहाशिवरात्रीको अवसरमा आयोजित कार्यक्रममा भएको नृत्य प्रतियोगितामा करिब ११ टिमको सहभागिता रहेको थियो भने नृत्य मूल्यांकनका लागि सन्तोष खड्का , खगेन्द्र मगर, शोभा बराल रहेका थिए । सहभागी टीमहरुलाई आफूले ल्याएको गीतमा नृत्य प्रस्तुत गराइएको थियो भने पहिलो चरणको नृत्य बाट छनौट भएको पाँच टीमलाई दोश्रो राउण्डका लागि तयार गरियो । दोश्रो चरणको नृत्यमा क्रमशः धनगढीमाई ११ बालुवा टोलका एली क्षत्री र वर्षा मगर प्रथमं, धनगढीमाई १४ की निशु ठकुरी दोश्रो र धनगढीमाई ९ की वासना हमाल तेश्रो स्थान प्राप्त गर्न सफल भएकी थिइन् । स्थानिय युवा प्रदिप दाहालको नेतृत्वमा आयोजित कार्यक्रममा शिवालय मन्दिर निर्माता अर्जुन परियारको विशेष सहयोग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

जसपा नेपालका उम्मेदव ...

लहान,माघ १३ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा क्षेत्र नं. १ का उम्मेदवार सत्य नारायण यादव ...

कृष्णहरी गैरेलसहित न ...

लहान माघ १३ । लहान नगरपालिका–१० का कृष्णहरी गैरेल नेपाली कांग्रेसमा पुनः फर्किएका छन् । उनी २० ...

खुट्टी खोला सिंचाइ य ...

लहान माघ १३ । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, सिरहाको सामाजिक शाखाका अधिकृत विनोद कुमार गु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१