लुम्बिनी प्रदेशमा जसपा मंत्रीमण्डलमा सहभागिताले सरकार थप शक्तिशाली:- जसपा प्रवक्ता अकरम पठान

  • फागुन ८, २०७९
  • ६९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन ८ जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश सरकारको मंत्रीमण्डलमा सहभागी भएकाले सरकार थप शक्तिशाली भएको जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले जानकारी दिएका छन् l लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले मंत्री हरूको कार्यविभाजन तथा पुनर्गठन गर्दा जसपा मंत्रीमण्डलमा सहभागी नहुने संकेत देखिएको थियो l तर हिजो कृषि तथा भूमि व्यवस्था मन्त्रालय पाए पछि भण्डारी लाल अहिर लाई जसपाले मंत्रीमण्डलमा सहभागी गराएको छ l यस अघि जसपा नेपालका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले दुई मंत्रालय पाउनु पर्ने वक्तव्य आउदा जसपा लुम्बिनी प्रदेश मंत्रीमण्डलमा सहभागी हुने नहुने अन्योल जस्तो देखिन्थयोl केही समय अघि जसपा नेपालका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादव कपिलवस्तु भ्रमणमा आउदा जसपा नेपाल लुम्बिनी प्रदेशको मंत्रीमण्डलमा छिट्टै सहभागी हुने संकेत गरे अनुसार जसपा सहभागी भएको आकलन गर्न सकिन्छl जसपाले सधै नेपाली जनताको हकहितमा काम गर्दै आएको जिक्र गर्दै बताउदै जसपा नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले नव नियुक्त मंत्री लाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए l

प्रतिक्रिया दिनुहोस

वातावरण जोगाउन सांसद ...

​​विनोद अविरल,१९ चैत । बढ्दो इन्धन खपत र वातावरणीय प्रदूषण कम गर्ने सन्देश दिन सिन्धुली क्षेत्र नं. ...

नेपालटार र धनगढी बजा ...

​लाहान, १९ चैत । सिराहा जिल्लाको लाहान नगरपालिका–१५ स्थित दुर्गम क्षेत्र बेतहामा भइरहेको बाटो ...

मेयरको एउटै लक्ष्य: ...

विनोद अविरल , चैत्र १९, ​लहान, सिरहा । सिराहा जिल्लाको लहान नगरपालिकाका नगर प्रमुख मेयर महेश प्रसाद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१