ताजा समाचार

लुम्बिनी प्रदेशमा जसपा मंत्रीमण्डलमा सहभागिताले सरकार थप शक्तिशाली:- जसपा प्रवक्ता अकरम पठान

  • फागुन ८, २०७९
  • ८२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन ८ जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश सरकारको मंत्रीमण्डलमा सहभागी भएकाले सरकार थप शक्तिशाली भएको जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले जानकारी दिएका छन् l लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले मंत्री हरूको कार्यविभाजन तथा पुनर्गठन गर्दा जसपा मंत्रीमण्डलमा सहभागी नहुने संकेत देखिएको थियो l तर हिजो कृषि तथा भूमि व्यवस्था मन्त्रालय पाए पछि भण्डारी लाल अहिर लाई जसपाले मंत्रीमण्डलमा सहभागी गराएको छ l यस अघि जसपा नेपालका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले दुई मंत्रालय पाउनु पर्ने वक्तव्य आउदा जसपा लुम्बिनी प्रदेश मंत्रीमण्डलमा सहभागी हुने नहुने अन्योल जस्तो देखिन्थयोl केही समय अघि जसपा नेपालका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादव कपिलवस्तु भ्रमणमा आउदा जसपा नेपाल लुम्बिनी प्रदेशको मंत्रीमण्डलमा छिट्टै सहभागी हुने संकेत गरे अनुसार जसपा सहभागी भएको आकलन गर्न सकिन्छl जसपाले सधै नेपाली जनताको हकहितमा काम गर्दै आएको जिक्र गर्दै बताउदै जसपा नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले नव नियुक्त मंत्री लाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए l

प्रतिक्रिया दिनुहोस

सातौ मेयर गोल्डकप–२० ...

ओम प्रकाश यादव लहान, कार्तिक ९ । सप्तरीमा कार्तिक १ गतेदेखि सञ्चालन भएको ‘सातौ मेयर गोल्ड ...

जसपा नेपाल नरहा–२ मा ...

रहमुल, लहान , ९ कार्तिक। जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका–२ मा वडा ...

लहानमा ‘घर–घरको शान, ...

लहान, कार्तिक ८ । घरमा शौचालय नहुँदा खुला ठाउँमा दिसापिसाब गर्न बाध्य नागरिकका लागि सरसफाइ स्वास्थ्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤