ताजा समाचार

दुर्घटना न्युनिकरण गर्न मिर्चैया ट्राफिकद्धारा चालकको आखाँ जाँच

  • माघ २५, २०७५
  • ११५० पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, २५ माघ । दुर्घटना न्युनिकरण गर्न अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाले सार्बजनिक सबारी चालकको आखाँ जाँच गरेका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बढ्दो सबारी दुर्घटना न्यूनीकरणका लागि सार्बजनिक सबारी चालकहरुको निःशुल्क आखाँ र ब्लडप्रेसर जाँच गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ईन्चार्ज प्रहरी नायब निरिक्षक बिकु नारायण कासिछावाले जानकारी दिएका छन् । 
जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको निर्देशन अनुसार सगरमाथा चौधरी आखाँ अस्पताल लहान र प्राथमिक स्बास्थ्य केन्द्र मिर्चैयाका स्बास्थ्यकर्मीहरुको सहयोगमा विहिबार ६० जना चालकलाई गरेको परिक्षणमा ७ जना चालकको ब्लडप्रेसर बढेको र ४ जनाको ब्लडप्रेसर कम रहेको पाईएको उनले बताए । जाँचमा चालकहरुको आखाको अबस्था समान्य देखिएको ईन्चार्ज कासिछावाले बताए । उक्त क्रममा करीब २ सय जना चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि पर्चा समेत बितरण गरिएको थियो । 
51721741_2253266491662557_8842566449546395648_n51562134_2253266468329226_5617676580168925184_n51922859_2253266428329230_6461719309751156736_n

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤