Siraha Times
ताजा समाचार

जनयुद्धको संघर्षले सबैको अधिकार सुनिश्चित:- प्रदेश सदस्य मौलाना मशहूद

  • फागुन १, २०७९
  • ९७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन १ कपिलवस्तु जिल्लाको कृष्णनगरमा नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको आयोजनामा आज २८ औं जनयुद्ध दिवस कार्यक्रम सम्पन्न भएको छ l कार्यक्रम नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खा को अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपाली, अतिथीमा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला कमिटी सदस्य केशर ओली, नगर उपाध्यक्ष जग नारायण कलवार,प्रहलाद यादव, नूर मोहम्मद खा, तोफेल खा, शबनम खातुन, गीता वर्मा, ज्ञानशीला रैदास, , मोहम्मद रहिश लगायत रहेका थिए l कार्यक्रममा बोल्दै प्रमुख अतिथि मौलाना मशहूद खां नेपालीले २८ औं जनयुद्ध दिवसको अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना दिदै जनयुद्धले नै राजतंत्र को अन्तय भइ देशमा गणतंत्र स्थापना भई गरिब, असहाय, जनजाति, आदिवासी, दलित, मधेसी, महिला, मुस्लिम, पिछडिएका वर्ग, सिमान्तकृत, अल्पसंख्यक, लोपन्मुख, उत्पिडत वर्गको हक अधिकार स्थापित भएको बताए l

कार्यक्रममा जनयुद्ध दिवसको अवसरमा एक आपसमा शुभकामना व्यक्त गर्दै जनयुद्धमा सहिद भएका प्रति हार्दिक श्रद्धांजलि व्यक्त गरिएको तथा घाइतेहरू लाई राज्यले उचित उपाचारको व्यवस्था गर्न माग गरिएको थियो l कार्यक्रममा जनयुद्धको बलिदानी बिर्सन नसकिने बताउदै जनयुद्धको उद्देश्य साकार पार्न आ आफ्नो ठांउबाट सबैले भूमिका खेल्नु पर्ने जोड दिइएको थियो l कार्यक्रममा अब्दुल अजिज, असरफ खान, घनश्याम बढ्ई, जंगली कुर्मी, मन्जूर अहमद, डब्लू गोयल, रेनु शर्मा, मीना देवी कोरी, मुन्ना कोरी, अब्दुल हफिद बेग, जहिर अहमद बरेलवी लगायत नेकपा माओबादी पार्टीका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थित रहेका थिए l

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१