Siraha Times
ताजा समाचार

ऐन कार्यान्वयमा स्थानीय सरकारको भुमिका सम्बन्धि अन्तरक्रिया

  • माघ २९, २०७९
  • १०४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेश चन्द्र बरबरिया धनुषा माघ २९ गते ।" बाँच्न पाउने अधिकारको आधार : खाद्य अधिकार "खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धि ऎन २०७५ को कार्यान्वयनमा स्थानीय सरकारको भुमिका सम्बन्धि अन्तरक्रिया गरिएको छ । आईतवार मुखियापट्टी मुसरनिया स्थित रहेको बैद्यनाथ देवनारायण जनता नमुना माध्यमिक विद्यालय मुखियापट्टी मुसरनिया तुलसियाहीको सभा हलमा एक कार्यक्रम बिच स्थानीय सरकारकको जनप्रतिनिधि संग ऎन सम्बन्धि गहन छलफल भएको छ । उक्त अन्तरक्रियामा फियान नेपालबाट प्रस्तुतिकरण राख्दै अधिवक्ता तिलक अधिकारीले स्थानीय सरकार संग ऎन निति निर्माणमा गम्भीर हुन जनप्रतिनिधिलाई आग्रह गरे ।

पालिका भित्र रहेका बास्तबिक किसानको पहिचान गरि परिचय पत्रको लागि स्थानीय सरकारले पहल गर्नुपर्ने अधिकारीले बताए । राष्ट्रिय ,प्रदेश र स्थानीयले स्थानीय खाद्यान्न अधिकार सम्बन्धि ऎन बनाएर अगाडि बढ्न आग्रह गरे ।यस्तै स्थानीय खाद्यान्न समन्वय समिति गठन गर्नुपर्ने , गोदाम स्थापन गर्ने,राष्ट्रिय खाद्य परिषद गठन गर्नपर्नेमा अधिकारीले जोड दिए । फियान नेपालका मधेस प्रदेशका संयोजक नन्दनी यादवले किसानहरुको परिचय पत्र उपलब्ध गराउन आफू लागिपरेको र किसानको समस्या पनि छिटै समाधान हुने बताईन । यादवले समस्या समाधानको साथ साथ ऎन निर्माणमा जनप्रतिनिधिले सहयोग गरे मात्र अन्तरक्रिया सफल र कार्यक्रमको औचित्य रहने बताइन् । उक्त कार्यक्रम वडा अध्यक्ष लक्ष्मेश्वर यादवको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिको रुपमा उपाध्यक्ष सैदा खातुन , एक देखि छ वडाका वडा अध्यक्ष , थर्ड एलायन्स प्रदेश प्रमुख तथा संजाल सदस्य अर्जुन साह ग्रीन स्पेस नेपाल अध्यक्ष तथा संजाल सदस्य धिरज साह , पोषण स्वमसेवक मन्जु यादव,पत्रकार नरेश चन्द्र बरबरिया लगायत स्थानीय किसानहरुको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१