Siraha Times
ताजा समाचार

नेपाल बंगलादेशसँग ३-० गोल अन्तरले पराजित

  • माघ २६, २०७९
  • ९६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / विजयनगर ढाकामा सम्पन्न साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ । बिहीबार सम्पन्न फाइनलमा नेपाललाई ३–० गोल अन्तरले हराउँदै बंगलादेशले उपाधि जितेको हो । उसले तेस्रोपटक साफ उपाधि जित्यो । यसअघि बंगलादेशको टिमले २०१८ र २०२१ को उपाधि जितेको थियो ।नेपाल भने यसपटक पनि उपाधि जित्न चुक्यो । नेपाल २०१८ को साफ फाइनलमा पनि बंगलादेशसँग स्तब्ध भएको थियो । बंगलादेशलाई तेस्रोपटक उपाधि दिलाउने क्रममा शाहिद अख्तर रिपाले, शमसुनहर जूनियर र उन्नोती खातुनले एक/एक गोल गरे ।

वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा भइरहेको खेलमा बंगलादेशले खेलको ४२ औं मिनेटमा अग्रता लियो । कुमारी तामाङको मिस पासको फाइदा उठाउँदै बंगलादेशकी शाहिद अख्तर रिपाले अग्रता लिइन् । पहिलो हाफको इन्ज्युरी समयमा कप्तान शमसुनहर जूनियरले गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाएकी थिइन् । खेलको ८७ औं मिनेटमा खातुनले गोल गर्दै बंगलादेशको जित पक्का गरिन् । नेपालले यसपालिकाको साफमा पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई ४–० तथा तेस्रो खेलमा भारतलाई ३–१ ले हराएको थियो । राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् । चार राष्ट्र सहभागी प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहदै फाइनल खेलेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल खेलेको हो ।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार २०। सप्तरीको खडक नगरपालिका मधेश प्रदेशकै दोस्रो बालमैत्री स्थानीय शासनयुक्त ...

सुरुङ्गामा १८० घण्टे ...

ओम प्रकाश यादव लहान असार २०। महिलाहरूलाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सुरुङ्गा नगरपालिकाको ...

सिरहामा प्रहरी र लाग ...

ओम प्रकाश यादव लहान असार २०। सिरहाको नवराजपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमावर्ती क् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१