Siraha Times
ताजा समाचार

संघियताको उपहार अध्यक्षलाई निजी सचिवालय र अधिकृतलाई २५ हजार मासिक घर भाडा

  • माघ २६, २०७९
  • ८९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शुभ नारायण यादव सप्तरी , २६ माघ । सप्तरीको महादेवा गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले सेवा सुविधामा मनपरी गरिरहेको खुलासा भएको छ । उनीहरूले सधिंयताको मर्म र भावना विपरीत आफनो सेवा सुविधा मोनोपोली तरिकाबाट जनताले तिरेको करमा रजाई गरी रहेको यो एउटा नमुना मात्र हुन् । महदेबा गाउपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलले गाउँपालिकाको वडा नम्बर–५ स्थित आफनो निजी घरमा गाउपालिकाबाट करिब १२ लाख बरावरको निजी सचिवालय सञ्चालनको लागी कम्प्युटर,फर्निचर,पंखा,ईन्टर नेट, जडान गरेको छ भने दुई जना कर्मचारीलाई करारमा समेत नियुक्त गरेका छन् । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झाले प्रत्येक महिना पचिस हजार घर भाडा र सञ्चार खर्च वापत सेवा सुविधा लिने गरेको लेखा शाखा श्रोतले जनाएको छ ।

आफ्ना निजी घरमा बस्दै आएर गापाबाट मासिक तलब,भक्ता,घर भाडा, सञ्चार खर्च,ईन्धन, लगायत बापत मासिक लाखौ रकम सेवा सुविधाको नाममा आम जनताको ढार सेक्ने गरी कर थुपारेर विलासीताको साधन उपयोग गरी रहेको श्रोतले जनाएको छ । नेकपा (माओवादी केन्द्र)बाट महादेवा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार दिपेन्द्र माझीले गाउँपालिकाले पुराना सेवा करारका ६९ जना कर्मचारीलाई बिना जानकारी सेवाबाट हटाएर आफ्ना लोसपाका कार्यकर्ता, परिवार र आफन्तलाई नियुक्ति दिएको आरोप लगाउनुभयो । त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झाले आफन्त अमरेन्द्र पाठकलाई कम्प्युटर अपरेटमा नियुक्ति गरिएको माझीको आरोप छन । उहाँले पाकिामा प्रमुख प्रशासकीय अधिकृत झा र अध्यक्ष मण्डलले मनपरी गरेका छन् । आफ्ना आसेपासे,आफन्त ,पार्टीका कार्यकर्तालाई जागिर खुवाउनु का साथै विकासी बजेटमा समेत मनपरी गरी रहेको बताउनु भयो । सो सम्बन्धमा महदेबा गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत झा संग बुझदा आफुले नियम,कानुन बमोजिम मात्र सेवा,सुविधा लिने गरेको बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१