Siraha Times
ताजा समाचार

पिपरा प्रधमा माघ २८ गतेमा लाग्ने माँ ढङ्गरणी मेला महोत्सवको तयारी अन्तिम चरणमा

  • माघ २६, २०७९
  • १०८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार/लहान २६ माघ। सिराहाको दक्षिणी सिमावर्ती लक्ष्मीपुर-पतारी गाउँपालिका वडा नम्बर १ पिप्रा प्र.धमा विगतका केही साल देखी माँ ढङ्गरणी मेला महोत्सव आयोजना गरिदै आइरहेको छ। जस अन्तर्गत यस वर्ष पनि माघ २८ गतेका दिन गाउँमै मेला लागेपछि गाउँका जेष्ठ नागरिक , स्थानीय अगुवा , बुद्धिजीवी समाजसेवी , युवा , दाजु , दिदिबहिनीहरुमा खुशीको उमंङ्ग साथै छुट्टै हर्सोल्लास देखिएको छ। नाग रुपी सर्प आएको दिन देखी उक्त मेला आयोजना गरिदै आइरहेका छन। ठिक १ महिना पुग्दा नाग देवता बिलाएर गयो गाउँलेहरु भन्छन। माँ ढङ्गरणी मन्दिरमा धार्मिक आस्था एवंम विश्वास रहेको सर्वविदितै छ। मंदिरको महिमा शक्तिशाली भएकाले नेपाल तथा भारतबाट विभिन्न ठाउँबाट आएका भाकल भर्नेको लर्को लागेका हुन्छन् । दर्शनार्थीहरुबाट निकै रकम आएता पनि, मेला समितिहरुले रकमको सही र उचित सदुपयोग नगरेको कतिपय स्थानीयहरुको गुनासो गरेको छन। जस्तै कि बेओहियात खर्चमा ज्यादती विगतदेखि गर्दै आएको बताएको छ।

प्रत्येक वर्ष मेला महोत्सव पछि हरहिसाब चयन गरिदिनु पर्ने व्यापक आवाज उठेका छन। यो सँगै अहिले मन्दिरमा पुजारी रुपी घनश्याम सरदार , श्री लाल साफी रहेका छन। मेला कार्यक्रम २०७९ माघ २६ कलश यात्रा , माघ २८ गतेमा बलिप्रदान रहेको छ। मेलामा सांस्कृतिक प्रदर्शन , सांस्कृतिक कार्यक्रम , लगायत विविध कार्यक्रमहरु रहनेछ । श्री श्री १०८ श्री ढङ्गरणी मेला महोत्सवमा पाल्नुहुने सर्धालु तथा भक्तजनहरुलाई लक्ष्मीपुर-पतारी गाउँपालिका १ (पिप्रा प्रध) मेला समिति तथा ग्रामीणवासी हार्दिक स्वागत गर्दछ। जय माँ ढङ्गरणी । जय माता दी । जयहो ५६ करोड देवी देवता। जय बाबा बिल्टु सरदार । जय पिप्रा प्रध ग्रामीणवासी।

प्रतिक्रिया दिनुहोस

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

लहानमा गर्भवती तथा स ...

रहमुल, लहान, २२ भदौ । सिरहाको लहान नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार ग ...

बाढीपीडितको पीडामा म ...

रंजित चौरसिया वीरगंज २२ भदौ। रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१