Siraha Times
ताजा समाचार

नृत्यको दुनियाँमा तहल्का मच्चाउँदै ब्लू स्काई

  • माघ २२, २०७९
  • १२३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल माघ २२ । नवलपरासीको रामग्राम नगरपालिकाको वडा नं ५ काे बाल मन्दिर स्थित रहेको ब्लू स्काई स्टुडियोले कलाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान कायम राख्दै नृत्यको दुनियामा समय सान्दर्भिक प्रस्तुतिका साथ तहल्का मच्चाउँदै आएको छ । आम युवाहरुको प्रतिभालाई उजार गर्ने असल थलोको रूपमा परिचित यस स्टुडियोका माध्यमबाट कलाकर्मीहरुले आफना प्रतिभाहरू विभिन्न स्टेजमा देखाउँदै आएका छन । कला संस्कृति र आधुनिक गीत संगीतका माध्यमबाट आफना प्रसुती समाजमा छोडन सफल यस स्टुडियोले वेला बेलामा निशुल्क डान्स सिकाउने कार्यक्रम निरन्तर अगाडी बढाइरहेका छन । आम युवाहरुको चाहनालाई पुरा गर्नका लागि तयार रहेको स्टूडियोले यहि माघ २० गते बेलुका करीब ४ बजे देखि १५ दिने निशुल्क डान्स सिकाउने कार्यको लागि फारम खुल्ला गरेको छ । फाल्गुनको ५ गतेसम्म डान्स सिकाउने कार्यको लागि खोलिएको फारामको पहिलो दिनमै करिब १०० भन्दा बढी बालबालिकाहरूले आफना स्थान सुरक्षित गराएका छन भने डान्स सिकाउने अबधिमा निशुल्क डान्स तथा जुम्बा ट्रेनिङ समेत दिने बुझिएको छ ।

स्टूडियो द्वारा जारी सूचनामा भनिएको छ । "

#ब्लू_स्काई_डान्स_स्टुडियोले हजुरहरुको धेरै माया र अनुरोधमा

#यही_माघ_२०_गते_देखि_फाल्गुन_५_गते_सम्म_१५_दिने_निःशुल्क_डान्स_तथा_जुम्बा_ट्रेनिङ्गको सुनौलो अवसर लिएर आएको हुँदा छिटो भन्दा छिटो फारम भरी सुनौलो अवसरको फाइदा उठाउनुहोस् । "

नोटमा उल्लेख गरिएको छ । स्टुडियोको अर्को शाखा सरावल वार्ड न १, बासा कामना विकाश बैंकको माथिल्लो तल्लामा रहेको हुँदा ईच्छुक मानुभाबहरुले १५ दिने निशुल्क डान्स तथा जुम्वा ट्रेनिग लिन सक्ने बताइएको छ ।

सम्पर्गको लागि ☎️ ९८१९४००८१२

☎️ ९७४२९९९३०२ स्थान: BLUE SKY DANCE Studio 974-2999302

 

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१