उपाध्यक्ष मशहुदले गराए मुख्यमंत्री लाई मदरसा व्यवस्थापन बारे ध्यानाकर्षण

  • माघ १८, २०७९
  • ८४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, माघ १८ लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहुद खां नेपाली सहितको टोलीले लुम्बिनी प्रदेशका मुख्यमंत्री लिला गिरी लाई मदरसाको अवस्था तथा त्यस्को व्यवस्थापनका लागि ध्यानाकर्षण गराएका छन् l आज मुख्यमंत्री लाई जामिया सिराजुलउलुम अल्सलफिया अध्यक्ष तथा राष्ट्रीय मदरसा संघ नेपालका संरक्षक समिम अहमद नदवी, राष्ट्रीय मदरसा संघ नेपालका संरक्षक डा. मन्जुर खां, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सल्लाहकार जहिर अहमद बरेलवी,राष्ट्रीय मदरसा संघ नेपालका सदस्य मौलाना अब्दुल नूर सिराजी, अलताब खान, जाहिद हुसेन, असरफ खान लगायतको संयुक्त टोलीले मुख्यमंत्री लाई भेटेर मदरसाको वर्तमान अवस्था , सुधार गर्नुपर्ने पक्षहरू, मदरसामा पढाउने शिक्षकको व्यवस्थापन लगायत मदरसाको सम्पूर्ण समस्याको बारेमा गिरी लाई ध्यानाकर्षण गराएका छन् l

मुख्यमंत्री गिरीले मदरसाको व्यवस्थापन तथा मदरसाको संरक्षण गर्न आफूहरू प्रतिबद्ध रहेको र व्यवस्थापन गर्न आफूहरू सहयोग गर्न तत्पर रहेको बताउदै मुस्लिम समुदायको साथ र सहयोग अपरिहार्य रहेको कुरा बताउनुभएको लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहुद खां नेपालीले जानकारी दिए l साथै समिम अहमद नदवीले स्लाम धर्मको पवित्र पुस्तक नेपाली अनुबाद कुरान भेट गरेका थिए l

प्रतिक्रिया दिनुहोस

वातावरण जोगाउन सांसद ...

​​विनोद अविरल,१९ चैत । बढ्दो इन्धन खपत र वातावरणीय प्रदूषण कम गर्ने सन्देश दिन सिन्धुली क्षेत्र नं. ...

नेपालटार र धनगढी बजा ...

​लाहान, १९ चैत । सिराहा जिल्लाको लाहान नगरपालिका–१५ स्थित दुर्गम क्षेत्र बेतहामा भइरहेको बाटो ...

मेयरको एउटै लक्ष्य: ...

विनोद अविरल , चैत्र १९, ​लहान, सिरहा । सिराहा जिल्लाको लहान नगरपालिकाका नगर प्रमुख मेयर महेश प्रसाद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१