ताजा समाचार

मुख्यमन्त्री लालबाबु राउतलाई एक युवाले दिए खुल्ला पत्र

  • माघ २३, २०७५
  • २४४९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मनोज बनैता, सिरहा, २३ माघ । जनकपुर स्थित राम स्वरुप राम सागर बहुमुखी क्याम्पसमा बि.बि. एस तेस्रो बर्षमा अध्ययनरत कुलदीप साह ले मुख्यमन्त्री लालबाबु राउतलाई एक खुल्ला पत्र लेखेका छन । पत्रमा उल्लेख छ ....... माननीय् मुख्यमन्त्री ज्यु , मुख्यमंन्त्रीको कार्यालय प्रदेश नं २ जनकपुर धाम विषय : स्व.बि.यु. को निर्वाचन गराउन पहल गरिदिने बारे ! मा. मुख्यमन्त्री ज्युले सिमित श्रोत र साधनका बाबजुद एक बर्षको कार्यकाल सफल रुपमा सञ्चालन गर्नुभएको सर्वप्रथम मा.मुख्यमन्त्री ज्यु लाइ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । साथै बाकी कार्यकाल पनी प्रदेश नं २ का जनताको हक र हितमा समर्पित गर्ने हुनेछ भन्ने आशा र विश्वास पनि गर्दछु । यो पत्र लेख्नको खास औचित्य मा. मुख्यमन्त्री ज्युलाई अवगत गराउन चाहन्छु । बिगत १० बर्ष देखी त्रिभुवन विश्वविद्यालय का आङ्गीक क्याम्पस हरु स्व.बि.यु. बिहिन भएको मा.मुख्यमन्त्री ज्युलाई अवगत नै छ । स्व.बि.यु. बिहिन क्याम्पस हरु रहेका कारण बिधार्थी हरु बाट विभिन्न शिर्षकहरु मा उठाएका रकमहरू र बिधार्थी कल्याण कोष को रकम कहा के, कति, कसले खर्च गरियो सो बिसयमा कुनै जानकारी नपाएको हिनामिना गरी प्रध्यापक र कर्मचारी हरुको सङ्गठन ले एकाधिकार जमाइ मनपरी तन्त्र चलाएर क्याम्पस लाइ नै धरासायी बनाउने सडयन्त्र बढिरहेको स्व.बि.यु. निर्वाचन पनी अनिश्चित बनाएको प्रस्ट छ । किनभने विश्वविद्यालयले यहि मिति २०७५/१०/१४ गते स्व.बि.यु. निर्वाचन तोकिए पनि समान्यतया “निर्वाचन हुने दिन भन्दा १महिना पुर्व अचारसंहिता लागु हुने प्रनेमा आजसम्म कुनै चासो नदेखाएकोले विश्वविद्यालय को दोहरो चरित्र देखिएको छ” । त्यसैले फागुन १४ गते स्व.बि.यु. निर्वाचन हुने कुरामा म जस्ता नियमित अध्ययनरत विद्यार्थी हरु निराशा एवं स्तव्ध भएका छौ । स्व.बि.यु. निर्वाचन नहुँदा क्याम्पस प्रशासनले कर्मचारी र गैर बिधार्थी हरु को अराजकता बढ्दै गएकोले त्यसलाई रोकथाम र नियन्त्रण गर्न स्व.बि.यु. को अभाव महशूष गरेको छु अतः क्याम्पस ब्यबस्थापन र बिधार्थी क्लयान समिति बर्षौदेखि गठन हुन नसक्दा केहि प्रध्यापक, कर्मचारी र बिधार्थी हरुले आ आफ्नो अचारसंहिता उल्लङ्घन भएको प्रस्ट छ । त्यसैले यी सबै समस्याहरु स्व.बि.यु. निर्वाचन को अभाबले खडकेको देखीन्छ । स्व.बि.यु. हुदाको अवस्था मा माथि उल्लेखित समस्याहरु देखिदैनथे । अतः उपयुक्त समस्याहरु निराकरण को लागी स्व.बि.यु. निर्वाचन तोकिएकै मितिमा गर्ने गराउन का लागी सम्बन्धित निकायमा पहल गरिदिनुहुन मा. मुख्यमन्त्री ज्यु मार्फत त्रिभुवन विश्वविद्यालय का कुलपति सम्मानिय प्रधानमन्त्री ज्यू को ध्यानाकर्षण गराउन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤