Siraha Times
ताजा समाचार

सहकारीको साधारणसभा सम्पन्न

  • माघ १५, २०७९
  • ७५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल माघ १५ । सिरहाको धनगढीमाई १ बाखरमा रहेको जनभावना बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधरण सभा भव्यताका साथ सम्पन्न भएको छ । नगरको छपराडी बजारमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर प्रमूख शिवशंकर महतो, अथितिहरु वडा अध्यक्ष सुर्य नारायण यादव, संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु, स्थानिय समाजसेवी, शिक्षक, पत्रकार समेतको उपस्थितीमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा सस्थाको आय व्यय, बार्षिक समिक्षा लगायतको विषयहरू प्रस्तुत गरिएको थियो । कार्यक्रमको शुरुवातमा सहकारीका सिद्दान्त र नियम बमोजिम आवस्यक ब्यबस्थापन गर्दै , अथितीहरुलाई गम्छा ओढाएर सम्मान गरिएको थियो । करिब ३५० जनाको सहभागिताको बीचमा भएको कार्यक्रममा नगर प्रमूख शिवशंकर महतो ज्यूले यस सहकारीले छोटो समयमा धेरै सदस्यहरू बनाउन सफल भएको चर्चा गर्दै आफूबाट हुने सहयोगको लागि हरदम तयार रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुर्य नारायण यादवले जनभावना अनुसार यस संस्थाले आम गरिबी निवारणमा ठूलो योगदान गरेको चर्चा गर्दै आउने समयमा यस संस्थाको दायरा फराकिलो बनाउन सञ्चालक समितिसँग आग्रह गर्नु भएको छ । साधारण सभाको बीचबाट भोगेन्द्र यादवको अध्यक्षता ९ सदस्य सञ्चालक समितिको गठन गरेको छ । भव्यता पूर्वक भएको कार्यक्रमको उद्घोषण सम्भु प्रसाद चौधरीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१