Siraha Times
ताजा समाचार

नगरसभामा लम्सालद्वारा एमबुलेन्स उपहार

  • माघ १३, २०७९
  • ८७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल माघ १३ । सिरहाको धनगढीमाई नगरपालीकालाई उपहार स्वरुप एक एम्बुलेन्स नगरसभाको समयमा प्राप्त भएको छ । गत पुस २९ गते धनगढीमाई नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनमा आयोजित नवौं नगर सभामा धनगढीमाई वडा नं १३ का नवराज लम्सालले नगरभित्रका आकस्मिक सेवामा सहयोग पुग्ने हेतुले एक एमबुलेन्स हस्तान्तरण गर्नु भएको छ । लम्साल परिवारबाट नगरलाई प्राप्त म प्र ०१- ००१- ००४१ नम्बरको उक्त गाडी नगरका तर्फबाट नगर प्रमूख शिवशंकर महतो , उपप्रमुख संगिता चौधरी र प्रशासकिय अधिकृत गोपाल बगाले ज्यूले बुझेका थिए । नगरले वडा नं १३ लाई हस्तान्तरण गरेपछि बिरामीलाई मध्यनजर गर्दै माघ १२ गते उक्त गाडी संचालनमा ल्याइएको वडा अध्यक्ष सूर्यमान तामाङ्गले एक सूचना मार्फत जानकारी गराउन भएको छ ।

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१