सिरहाको सुन्दर जनता मा.वि औरहीमा आन्दोलित बिद्यार्थीहरु द्वारा तालाबन्दी

  • माघ २३, २०७५
  • १६८८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मनोज बनैता, सिरहा, २३ माघ । सिरहाको औरही गाउँपालिका–५ मा स्थित सुन्दर जनता माविमा आन्दोलनरत बिद्यार्थीहरुले तालाबन्दी गरेका छन् । सरस्वती मन्दिर निर्माणका लागि बिद्यार्थीबाट चन्दा लिएको तर हाल सम्म मन्दिर निर्माण नभएको , बिधालयमा सातै घन्टी कहिलै पढाइ नहुने, पुस्तकालयको ब्यबस्था नभएको , बिज्ञान ल्याब नभएको तर बिज्ञान ल्याबको सामान ल्याएको भन्दै फर्जी बिल पेश गरेको , कम्प्युटर ल्याब नभएको (किताबकै भरमा बिद्यार्थीहरु कम्प्युटर पढिरहेको) , सौचालय व्यबस्थित नभएको, बिधालयको खाताबाट पेश्की को नाममा करिब २८ लाख रुपैयामा समेत अनियमितता गरेको भनी बिधार्थीहरु आन्दोलनमा उत्रेका हुन ।

विद्यालयको आर्थिक पारदर्शिताको माग राखेर आन्दोलनरत विद्यार्थी र शिक्षकको माग पूरा नभए पछि बाध्य भएर तालाबन्दी गर्नु परेको बिद्यार्थी रुपेश यादवले बताएका छन ।

आन्दोलित पक्षको मागहरु लामो समयसम्म विद्यालय प्रशासन सम्बोधन नगरेको र प्रधानाध्यापक ईन्द्रदेब यादवले यसरी आन्दोलन गरे बिद्यार्थीहरुको भविस्य बिगारिदिने धम्की समेत दिएका छन । प्रधानाध्यापक यादवले बिद्यार्थीहरुको घरघरमा स्थानीय नेताहरुको मार्फत अभिभावकलाई समेत धम्काउने गरेको गुनासो त्यसै बिधालयका अर्का छात्र सचिन यादव बताउँछन। शैक्षिक संस्थामा शैक्षिक वातावरण उपर नाकारात्मक प्रभाव परेको भन्दै स्वतन्त्र युवा समाजले सरोकारवाला निकायहरुलाई ज्ञापनपत्र बुझाउँदै अविलम्ब माग पूरा गर्न आग्रह समेत गरेका छन ।

समाजका अध्यक्ष दीपेन्द्र यादवका अनुसार समाजले गापा प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत, गापा शिक्षा समिती, वडा ४ र ५ को कार्यालय र विद्यालयका प्रधानाध्यापकलाई समेत ज्ञापनपत्र बुझाएका थिए। तर हाल सम्म सरोकारवाला निकाई बाट समेत कुनै किसिमको पहल नभएको उनको गुनासो छ।

बिद्यार्थीहरुले बिहिवार १० बजे बिहान अभिभावक भेला राखेका छन जसमा सम्पुर्ण अभिभावक , बुद्धिजीवी , शिक्षक, राजनीतिकर्मी , भरभलादमी , युवा, महिला , पत्रकारहरुलाई उपस्थित भईदिन आग्रह समेत गरेका छन।

received_321330848725193

प्रतिक्रिया दिनुहोस

स्कोर्पियो टर्निङ गर ...

रहमुल लहान, २६ चैत्र । काकरभिट्टा बाट यात्रु बोकेर जनकपुरतर्फ जाँदै गरेको बस र जन्तीमा प्रयोग भएको स ...

लहानमा कुपोषण व्यवस् ...

रहमुल, लहान २६ चैत्र । सिरहाको लहान नगरपालिकामा कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने ...

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१