ताजा समाचार

सिरहाका युवा अनिल महासेठ राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमका लागि चयन

  • माघ २३, २०७५
  • १४२३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मनोज बनैता, सिरहा, २३ माघ । काठमाडौ स्थित लिडरशिप एकेडेमी र अमेरिका स्थित यूनिवर्सिटी अफ सान डिएगो क्रक स्कुल र इन्स्टिच्युट फर पिस एंड जस्टिस ; - University of San Diego,Kroc School & Kroc Institutie for Peace and Justice -IPJ) को संयुक्त आयोजनामा संचालित राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम (Nepali Emerging Leaders Program 2019) को दोस्रो शैक्षिक सत्रको लागि प्रदेश नम्बर –२ को जिल्ला सिराहाबाट अनिल महासेठ छनौट भएका छन ।

दोश्रो शैक्षिक सत्रको लागि छनौट भएपछि खुशी व्यक्त गर्दै महासेठले यस कार्यक्रमका विशेषज्ञ , स्थापित राजनीतिज्ञको अनुभव, मार्गदर्शन , सहयोग तथा सिफारिसले युवा नेताहरुलाई छोटो समयमा मुलधारमा पुग्नलाई उत्प्रेरकको काम गर्न सक्ने विश्वास लिएको बताउनुभयो । यस राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमले भविष्यमा देशकै नेतृत्व गर्न सक्ने युवा नेता–नेत्री तैयार गर्न सक्ने अपेक्षा लिएको जानकारी गराउनु भएको छ । ‘कार्यक्रमको शिर्षकले नै मलाई आकर्षित गरेको हो, अध्ययनका दौरान हुने अन्तरक्रिया , अनुभब आदान प्रदान तथा अग्रजहरुबाट प्राप्त हुने मार्गदर्शनले नेतृत्व क्षमताको बिकाश भएको छ’,– महासेठले बताएका छन ।

‘युवा नेतृत्वमा प्रतिस्पर्धा गर्नका लागि आत्मविश्वास कमि छ, त्यसकारण यस्तो कार्यक्रमले आत्मबिश्वास वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ’,– उनले भनेका छन । यस कार्यक्रमबाट अरु को विचार सुन्ने, अर्को क्षेत्रको ज्ञान हासिल गर्ने, हरेक कुरालाई बृहत र सकारात्मक रुपले हेर्ने मौका मिलेको उहाँले थपिनुभयो । आरोप प्रत्यारोप मात्र होइन, अरुको पनि विचार सुन्ने तथा सहिलाई सहि र गलतलाई गलत भन्ने क्षमताको बिकाश आफुमा भएको महासेठले बताए । देशका जटिल तथा चुनौतिपूर्ण समस्या समाधानमा यस कार्यक्रमले तैयार गरेका बिशेष समुहको अहम भूमिका हुने उहाँले जानकारी गराउदै यस समुहले स्थानिय देखि राष्ट्रिय सरकार र सरोकारबालाहरु संग सहकार्य गरि उदाहरणीय बन्ने महासेठले दावी थियो ।

अनिल महासेठ बिधार्थी जीवन देखि नै सामाजिक तथा राजनीतिक काममा सक्रिय युवा हुन । उनले स्थानिय स्तरमा युवा , बिधार्थी तथा विभिन्न संघ संस्थाहरु संग काम गरेका छन । महासेठ तत्कालिन सद्भावना पार्टीको केन्द्रीय वर्गीय मंचको सदस्य सचिब हुदै हाल नेपालको तेस्रो ठुलो पार्टी राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय सदस्य पनि हुन साथै उनी नेपाल–भारत खुल्ला सिमा सम्बाद समुहका सक्रिय सदस्य पनि हुन । राजनीति र सामाजिक सेवाका साथै राजनीति ब्यबस्थापन र चुनाबी ब्यबस्थापनमा पनि महासेठको रुचि रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤