Siraha Times
ताजा समाचार

शक्ति महिला सामुदायिक सस्थाको परिचयात्मक कार्यक्रम सम्पन्न

  • माघ ८, २०७९
  • ८७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल माघ ७ । सिरहाको धनगढीमाई ९ मा स्थापित शक्ति महिला सामुदायिक सस्थाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । धनगढीको प्राकृतिक अस्पतालको सभा हलमा आयोजित कार्यक्रममा नगरका जनप्रतिनिधि लगाएत संस्थाका सदस्यहरू पूर्व मेयर लगायतका मानुभाबहरुको उपस्थिति रहेको थियो । संस्थाकी अध्यक्ष खुश्बू ताजपुरियाको अध्यक्षतामा आयोजीत कार्यक्रममा बिशिष्ट अथिती धनगढीमाईको पूर्व मेयर हरिनारायण चौधरी लगाएत नगरका विभिन्न वडाका वडा अध्यक्ष ज्यूहरुको उपस्थितिमा कार्यक्रम गरिएको थियो । कार्यक्रमको शुरुमा दीप प्रज्वलन गरेर उद्दघाटन गरीएको थियो भने कार्यक्रमको शुरुमा ज्ञात अज्ञात सहिदहरुप्रति मौन धारण गरी कार्यक्रमलाई औपचारिकतामा प्रवेस गर्नु अघि उपस्थित सवै मानुभावरुले आ आफ्नो ठाउँबाट उठेर राष्ट्रिय गान गाएका थिए । परिचयात्मक कार्यक्रमको शुरुमा अथितीहरुलाई स्वागत गर्दै आफ्ना भनाई संस्थाकी सदस्य आशा विश्वकर्माले राख्नु भएको थियो ।

कार्यक्रमको सभा हलमा उठेर एकापसमा परिचय गराउँदै संस्थाका तर्फबाट खुश्बू ताजपुरियाले सस्थाको परिचय गराउँदै संस्थाले हाम्रो समाजमा रहेको विभेदपूर्ण सामाजिक संरचनामा बिशेष गरी महिला र पछाडी पारिएको समुदायलाई राज्यको मूल धारमा ल्याउने तयारीका साथ यस संस्थाको स्थापना गरिएको स्पस्ट पार्नु भएको छ । कार्यक्रममा बोल्दै पूर्व मेयर हरिनारायण चौधरीले विगतमा धनगढीमाई नगरपालिकामा संघ संस्थाहरुलाई आफूले सक्दो सहयोग गरेको र यतिबेला धनगढीमाई भित्र उदाएको शक्ति महिला सामुदायिक सस्थाको उदेश्य आफुलाई नगरको हितमा सकारात्मक रहेको हुनाले आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।

कार्यक्रममा बोल्दै वडा नं १४ का वडा अध्यक्ष अमित ठकुरीले सस्थाको पारदर्शिता स्पस्ट राख्न आग्रह गर्नुहुँदै यस्ता सस्थाले समाजमा रहेको विकृति विसंगतीलाई तोड्नका लागि आगाडी आउनु पर्ने धारणा व्यक्त गर्नुहुदै संस्थालाई अग्रिम शुभकामना दिनु भएको छ । कार्यक्रममा स्थानिय पत्रकार, समाजसेवि, जनप्रतिनिधि लगायतको सहभागितामा सम्पन्न भएको कार्यक्रममा उद्घोषण संस्थाकी सचिव अनिता चौधरीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

असिना–हावाहुरीले मकै ...

रहमुल काठमाडौं, २३ वैशाख । पछिल्ला केही दिनदेखि देशका विभिन्न क्षेत्रमा परेको वर्षा र हावाहुरीले मकै ...

कुपोषण न्यूनीकरण र स ...

रहमुल, लहान २४ । वैशाख पोषणयुक्त समाज निर्माण तथा कुपोषण न्यूनीकरणका विषयमा केन्द्रित पालिका स्तरीय ...

लाहानमा चोरको बिगबिग ...

लहान, वैशाख २३ । सिरहाको लहान नगरपालिका क्षेत्रमा पछिल्लो समय चोरीका घटनाहरू तीव्र रूपमा बढिरहेका बे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१