Siraha Times
ताजा समाचार

कृषि देखी राजनीतिसम्म हरी भण्डारी

  • पुस ३०, २०७९
  • १०७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल पुस ३० । समाजमा शान्ति स्थापना गर्नका लागि अशल व्यक्तिको महत्वपूर्ण भूमिका रहिआएको पाइन्छ । आजभोलिको समाजमा फटाहा दलाल अनि तस्करको एउटा अपत्यारिलो ग्याङको कारणले समाजमा अशल व्यक्तिहरू पछाडी धकलिदै आएको अवस्था रहेको देखिन्छ । समाजका विकृति विसंगति विरुद्धमा खुलेर आफ्ना आवाजहरू उठाउने एक अशल व्यक्तित्व हुन नवलपरासीका हरी भण्डारी । राजनीतिक चिन्तनका धनी अदम्य साहस भएका भण्डारी अशल कृषक पनि हुन । आफैले गड्यौला खेती, टर्की पालन , बाख्रा पालन ,भैंसी पालन र तरकारीजन्य उत्पादन गरेर एउटा नमुना किसानको रूपमा समेत परिचित भएका व्यक्ति भण्डारी अर्गानिक खेती गरेर अशल कृषकको उदाहरण बन्नु भएको छ । आफैले गड्यौला पालन गरेर उत्पादन गर्दै आउनुभएको मलले कृषी बाली राम्रो उत्पादन हुने धारणा राख्नु भएको छ ।

सामान्य भेटघाटमा उहाले आफ्ना बारीमा लगाउनु भएको आलू,तरकारी बालीमा आफैले उत्पादन गरेको मलले गर्दा उब्जनी राम्रो भएको स्पस्ट देख्न सकिन्छ । कृषी कार्यका अतिरिक्त राजनीति चिन्तन गरेर सकारात्मक विचार लिएर समाजका अमिल्दा पक्षमा खुलेर आफ्ना प्रस्तुती अगाडी ल्याउँदा समाजमा चौतर्फी आस्थाका अग्रणी पात्रमा स्थापित भएका छन भण्डारी । स्पस्ट वक्ता निडर अनि साहसी व्यक्तिका रूपमा परिचित भण्डारी एउटा अशल कृषक बनेर समाजमा कर्ममा बढी ध्यान दिएको हुनाले उनी एउटा अशल कृषकको रूपमा रहँदा पनि कृषिको जबाफदेही बोकेका निकायहरु उनको कार्य क्षेत्रसम्म नपुग्नु चिन्ताको बिषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१