Siraha Times
ताजा समाचार

लहान नगरपालिका बालबिटौरी गाउँब्लक जग्गा फुकुवाको तयारीमा मेयर चौधरी

  • पुस २८, २०७९
  • ११५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार/ लहान/२८पुस । सिराहाको लहान नगरपालिकामा प्रमुख समस्याको रुपमा बाल-बिटौरी तथा गाउँ-ब्लक जग्गा रोक्का रहेको छ। यो समस्या लहान नगरपालिकामा मात्र नभई अधिकाँश जिल्ला र स्थानीय तहहरुले खेपिरहेका छन। यसको प्रमुख कारक स्थानीय तहहरु, भुमि सुधार मन्त्रालय , नापी , मालपोत कार्यालयका कर्मचारीको ढिलासुस्ती रहेको देखिन्छ । त्यसै क्रममा लहान नगरपालिका नगरकार्य पालिकाको कार्यालयद्वारा आउँदो माघ ३ गतेसम्म कार्य-सम्पादन गर्ने तयारीमा जुटि सकेको लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्रुधन प्रसाद चौधरीले बालबिटौरी तथा गाउँ-ब्लक जग्गा फुकुवा संघर्ष समिति लहानलाई समाधान गर्छु भन्ने बुझीएको छ । बाल-बिटौरी तथा गाउँ-ब्लक जग्गा फुकुवा संघर्ष समिति लहानले पटक- पटक आंदोलन गर्दा पनि फुकुवा हुन नसकको संधर्ष समितिका अध्यक्ष विजय कुमार गुप्ताले वताउनु भयो र जग्गाको फुकुवाको सद्रर्भमा तलको त्थयहरु जानकारी दिनुभयो , माध ३ गते सम्म फुकुवा नभए संधर्ष समिती विभिन्न चरणमा धनधोर आंदोलन धोषणा गरी गर्ने जानकारी गराउनु भयो ।

Open photo

जानकारी गराएको तथ्यहरुः-

१. रोक्का जग्गा फुकुवाका लागि पटक-पटक मन्त्रालयमा पहल गर्दा नगरपालिका कार्यालय र नापी कार्यालयलाई संयुक्तरुपमा जग्गाको वर्ग तथा पुरानो कित्ता नम्बर मिलान गरि पठाउने गरि मालपोतको मध्स्था हुनेगरी निर्देशन ।

२. विक्रम संम्वत २०२९ बैशाख ०७ गते तत्कालीन लहान नगर पञ्चायद्वारा लहानका विशिष्ट श्रेणीका गाउँ-ब्लक मध्ये ३३ कित्ता जग्गामा मात्रमा बढी कर मालपोत उठाउन शिर्षक परिवर्तनगरि बालबिटौरी कर उठाउने गरि श्रेष्ता राख्ने निर्णय सुरक्षित रहेको बताए ।

३. हाल ३३ कित्ता नभई ६०० भन्दा बढी कित्तामा नगरपालिकाले गाउँ ब्लकको जग्गालाई पनि बालबिटौरी भनी कर संकलन गर्दै आएको बताए ।

४. नापी कार्यालयद्वारा सबै जग्गा गाउँब्लकको नाममा नाप जाँच पहिचान गरि अधिकाँश जग्गा धनीलाई लालपुर्जा ( जग्गा धनी प्रमाणपत्र ) वितरण ।

५. नगरपालिका र नापी कार्यालयको कर्मचारीहरुको कमीकमजोरी तथा उदासीनताका कारणले हालसम्म बालबिटौरी तथा गाउँ-ब्लक जग्गा फुकुवा हुन् नसकेको जग्गा फुकुवा संघर्ष समिति आरोप छ।

यता, लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीको अनुसार हामी अब छिटै नै यस नगरपालिका स्तर र व्यक्तिगत स्तर वाट जग्गा फकुवाका लागी हरसंभव प्रयास गर्ने छौ र जग्गा फुकुवाको लागी हामी संधर्ष समिती संग सह-कार्यमा अगी बढी रहेको छौ।

Open photo

 

 

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१