सुखी नागरिक समृद्ध नगर मेरो चाहना :- नगर प्रमुख शाह

  • पुस २५, २०७९
  • ६८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर , पुस २५ । कृष्णनगर नगरपालिकाले छाडा चाैपाया व्यवस्थापन , शिक्षा तथा स्वास्थ्य क्षेत्र लाई प्राथमिकतामा राखि थप याेजनाका साथ नवाैं नगरसभा सम्पन्न गरेकाे छ । नगरप्रमुख रजत प्रताप शाहकाे संयाेज्कत्वमा कृष्णनगर नगरपालिकाले सार्वजनिक सम्पतिको संरक्षण, छाडा चौपायाको दिगो व्यवस्थापन, स्थानीय बजार अनुगमन लगायतका बिकासमुखी याेजना नवाैं नगरसभाले प्रतिवद्धता लिएकाे छ । नगरसभाले शिक्षाको गुणस्तर कायम, स्वास्थ्य क्षेत्रमा आपेक्षित सुधार, बस पार्क व्यवस्थापन लगायतक्षसार्वजनिक क्षेत्रको अतिक्रमण हटाउन, नगरबासीको शान्ति सुरक्षा स्थापना , सबै प्रकारका कर, दस्तुर र शुल्क उठाउन नगर प्रहरीको दरबन्दी स्वीकृत गरी चालू आर्थिक बर्षबाटै परिचालन गरिने थप याेजनाबारे नगरप्रमुख रजत प्रताप शाहले सभालाई जानकारी गराउनु भएकाे थियाे ।

नगरप्रमुख शाहले आय व्यय प्रस्तुत गर्दा गत आर्थिक बर्ष २०७८/७९ मा कुल आम्दानी रु ६८ करोड ५७ लाख ४४ हजार ३३ रुपैया मात्र भएको थियो भने कुल रु ५२ करोड ८४ लाख २६ हजार ८ सय ८० रुपैयां खर्च भइ बचे रकम रु १५ करोड ७३ लाख १७ हजार १ सय ५३ मध्ये रु २ करोड ५० लाख चालु आर्थिक वर्षको आय अनुमानमा समावेश गरिसकेको बताउनुभयने । चालु आर्थिक बर्षमा समाबेश नभएको रु १३ करोड २३ लाख ७६ हजार १ सय ५३ बाट खर्च गर्ने बताउनुभयाे । त्यस्तै चालू आर्थिक बर्षमा आन्तरिक आय तर्फ रु २ करोड आम्दानी प्रक्षेपण गरिएकोमा मंसीर मसान्त सम्म सबै वडा बाट कूल रु १२ लाख ७८ हजार ७७१, भन्सार व्यारियर बाट रु २० लाख ७ हजार ५० नगरपालिका संकलन केन्द्रबाट २४ लाख ११ हजार ४११ र नदी जन्य पदार्थको विक्री बापत प्राप्त भएको रु २३ लाख ५५ हजार ५०५ को ६० प्रतिशतले हुन आउने रु १४ लाख १३ हजार ३ सय ०३ गरी कूल रु ७१ लाख ०९ हजार ३ सय ०३ मात्र आन्तरिक आय संकलन भएको छ ।

चालू आ.ब. मा नगरपालिकाको कूल ७६ करोड ३२ लाख ४५ हजार बजेट मध्ये चालू तर्फको ४४ करोड २७ लाख २४ हजार मा २३ .१३ प्रतिशत खर्च भएको छ भने पुँजीगत तर्फको ३२ करोड ५ लाख २० हजारमा १७ प्रतिशत यथार्थ खर्च भएको जसमा हालसम्म कूल अनुमानित आयको ४३ प्रतिशत यर्थाथ आय भएको जानकारी दिनुभयाे । नगरसभाका सचिव इश्वरी प्रसाद शर्माले नगरपालिका विभिन्न समितिहरुकाे प्रगति विवरण प्रस्तुत गराउंदै अगामी दिनमा नगरकार्यपालिकाले ल्याएका याेजनाहरु पारदर्शी ढंगले अगाडि बढ्ने बताउनुभयाे । सभामा पदाधिकारी , शाखा प्रमुख,कर्मचारी ,संचारकर्मी लगायतकाे उपस्थितमा सर्वसम्मतले सम्पन्न भएकाे संचालक इश्वरी पाैडेलले जानकारी दिनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस

(एल.एल.बी) प्रवेश पर ...

विष्णुदेव सरदार / सिराहा, असार ४ गते । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सप्तरीको महेन्द्र ...

लहान वडा नं. ९ को नय ...

ओम प्रकाश यादव लहान, असार ४ । हिजो लहान नगरपालिका वडा नं. ९ मा निर्माणाधीन वडा कार्यालय भवनको छत ढला ...

आफ्नै शरीर र प्रजनन् ...

संजु कुमारी दास, लाहान, असार ३।  गोलबजार नगरपालिकाको १३ औं वडाका १४ देखी २० वर्ष उमेर समुहका ३४ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१