ताजा समाचार

सिरहाका निजि बिधालयहरु ले टेरेनन प्रदेश सरकारलाई, सार्वजनिक बिदामा पनि कक्षा संचालन

  • माघ २२, २०७५
  • १६५९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मनोज बनैता, सिरहा, २२ माघ । सोनाम लोसार को अवसरमा संघिय सरकार र प्रदेश सरकार ले सार्वजनिक बिदा घोषित गरेपनी सिरहाका बहुसंख्यक निजि बिधालयहरु संचालित रहेका छन । शेर्पा, तामाङ र गुरुङ समुदायको प्रमुख पर्वको रुपमा रहेको लोसारमा बिदा नहुदा त्यस समुदायका बिद्यार्थी स्कुल आउन बाध्य भएका छन । विद्यार्थी अनुपस्थित हुँदा जरिवाना तिर्नु पर्ने नियम अधिकांश बिधालय ले लगाएको कारण ले यहाँ सार्वजनिक बिदा मा पनि बिद्यार्थीहरु बिधालय आउन बाध्य छन । प्रदेश सरकारको निर्णयलाई अवज्ञा गरि निजि बिधालय हरु पटक पटक आफ्नो मनमानी गर्दै आएका कुरा लाहानका एक स्थानीय अभिभावक ले बताउछन् । नाम गोप्य राखिदिने शर्तमा एक निजि विधालयका शिक्षक ले भने " आउने आईतवार सरस्वती पुजा भएको ले निजि बिधालयहरु ले बिदा नदिएका हुन । सरस्वती पुजाको नाममा मनपरी रकम असुल्ने बेला बिदा भयो भने पूरा रकम असुल्न अप्ठ्यारो हुने हुनाले बिदा न दिएको होला । " त्यसैगरी एक जना अभिभावक दिलिप साह ले भने कि सिरहाका अधिक्तम बिधालयहरुले सरस्वती पुजाको लागि बिद्यार्थीहरु बाट अनिवार्य रुपमा तिर्नैपर्ने गरि ७००/५००/३०० को हाराहारीमा फरक फरक खालका चंदा उठाएका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤