Siraha Times
ताजा समाचार

उमेर पुगेर खुला विवाह गर्नुपर्छ ः उपमेयर चौधरी

  • चैत २०, २०७४
  • १२६६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक दिनेश्वर गुप्ता लहान । ‘आज महिलाहरु हिंसाको जंजिरमा बाधिएका छन्, ‘यसलाई तोड्न जातीपातीमा नलागेर उमेर पुगेर खुला विवाह गर्नुपर्छ’ लहान नगरपालिकाकी उपमेयर सरियार चौधरीले बताईन् । महिला पूनस्र्थापना केन्द्र (ओरेक)को २७ औं स्थापना दिवसको अवसरमा ‘हानिकारक परम्परागत अभ्यासको अन्त्य गरौं’ एक दिवसीय कार्यक्रमलाई उद्घाटन गर्दै उपमेयर चौधरीले कम उमेरमा विवाहको कारण हिंसा र स्वास्थ्य समस्या खेप्नु परेको बताउंनुभयो । उपमेयर चौधरीले ‘हानिकारक परम्परागत अभ्यास विरुद्ध संघर्ष गर्दा अनेकौ आरोप लाग्न सक्छ ।’ ‘यस्तो अवस्थामा पछाडि फर्केर हेर्नु हुंदैन, ‘सरियार चौधरी पनि संघर्षको मैदानमा आइसकेपछि पछाडि फर्केर हेरेका छैन ।’ सैफ हाउसको लागि लहानमा जग्गाको व्यवस्था गरिदिएको उपमेयर चौधरी सो कार्यक्रममा सार्वजनिक गर्नुभयो । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेशचन्द ठकुरीले ‘अपराधीलाई कारवाही र पीडितलाई न्याय दिन कसैले दवाव दियो भने त्यतिबेला मलाई तनाव हुन्छ ।’ ‘न्याय दिन सकिन भने मलाई जागिरको धिकार हुन्छ ।’ ‘यहां पीडकको पक्षमा अत्यधिक नेता आउंने गर्छन् ,पीडितको पक्षमा एक दूई जना आउंने गरेको अवस्था छ ।’ लहानमा ५० प्रतिशत भन्दाबढी करणी,बोक्सी, महिला हिंसा, कुटपिटको मुद्दा आउंने गरेको डिएसपी चन्दले बताउंनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ताले मन्दिर महस्जिदका ठकेदार (धामीझांक्री—गुरु—पंडित) लगायत इसाईका पादरीहरुले परम्परागत अभ्यासलाई बढावा दिने गरेकोले यस्ता क्रियाकलापलाई निरुत्साहित पार्न अध्यात्मीक चिरफार गर्नुपर्ने ध्यानाकर्षण गराउंनुभयो । रिक्मा विकका सभाध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष कमलदेव यादव, प्रदीप चौधरी, विजयप्रसाद मिश्र, ओरेकका सुनिल साह, वार एसोसियन सिरहाकी कोषाध्यक्ष ओमकुमारी साह, दिलिप सिंह, अधिकारकर्मी रेणु कर्ण, इंसेकका दुर्गा परियार, इको भिलेजका संयोजक शम्भुलाल चौधरीलगायतका वक्ताले बालविवाह, दहेजप्रथा, बोक्सीको आरोपमा यातना, घरेलु हिंसा विरुद्ध सशक्त रुपमा अघि बढ्न जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

बलान बिहुल गाउँपालिक ...

ओम प्रकाश यादव लहान, असार ११। सप्तरीको बलान बिहुल गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि करिब ५२ ...

बरियारपट्टी गाउँपालि ...

लहान, असार १० । बरियारपट्टी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५७ करोड ८२ लाख ८२ हजार २ सय ८७ ...

नवराजपुर गाउँपालिकाक ...

ओम प्रकाश यादव लहान, असार १० । सिरहाको नवराजपुर गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन सफलतापूर्वक सम्पन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१