Siraha Times
ताजा समाचार

शितलहर छल्न दाउरा वितरण गर्दै पालिका अध्यक्ष

  • पुस २४, २०७९
  • १००८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल पुस २४ । तराईमा चलिरहेको शीतलहरको कारणले आम जीवन कष्टकर बनिरहेको अवस्था रहेको देखिन्छ । मौसम विभागका अनुसार तराईका अधिकांश जिल्लाहरूमा तापक्रमको अन्तर निकै घटेको छ भने अधिकतम तापक्रम पनि औसतभन्दा पाँच डिग्रीले झरेको अवस्था रहेको पाइन्छ । तराईका जिल्लामा हुस्सु र कुहिरोसहित शीतलहर चलीरहेको छ । मध्यतराईमा भने दिनभर कुहिरो लाग्ने गरेको छ। शीतलहर चलिरहँदा तराईका आम विपन्न वर्गका मानिसहरूले आगो बालेर आफ्ना जीवन बचाइरहेका अवस्थामा सिरहाका नवराजपुर गाउँपालिका अध्यक्ष शिव कुमार यादवले उक्त भेकका जनतालाई जाडो छल्नका लागि टोल बस्तीमा पुगेर दाउरा वितरण गरिरहेका छन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको यस घडीमा अध्यक्ष यादवले जिल्ला बन कार्यालय लहानको रोहबरमा रहेको पूर्व पश्चिम राजमार्गको विस्तारको क्रममा कटान गरी ईलाका वन कार्यालय धनगढीको परिसरमा राखिएको दाउरा का लागि कानुनी प्रक्रिया मिलाई आफैं उपस्थित भएर आम जनताको जीवन बचाउनका लागि दाउरा आफ्ना पालिकामा लगेर टोलबस्तिका गरीब विपन्नको ज्यान बचआइरहेका छन । संक्षिप्त कुराकानीमा आफू जनताको सेवाको लागि निरन्तर जस्तोसुकै परिस्थितिमा खटिरहने वताएका छन भने यता आम स्थानियले शिबा जस्तो अध्यक्ष पाएर आफूहरुलाई शीतलहरबाट जोगिन ठूलो राहत प्राप्त भएको बताएका छन । मौषमी बदलावको कारण अचानक परिवर्तन आएपछि आम जीवन कष्टकर बनिरहेको अवस्थामा जिल्लाका विभिन्न संघ संस्थाहरु दर्शक झैं परिस्थितिलाई नियालिरहेका छन । अत्यन्त कष्टकर जीवन बन्दै गर्दा पनि सिरहामा रहेको संघ संस्थाहरु आम जनताको शीतलहर जस्तो समस्याप्रति बेखवर हुनु चिन्ताको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१