जनकपुरमा पर्यटकीय स्थलहरूको सरसफाई कार्यक्रम सम्पन्न

  • पुस २३, २०७९
  • ११६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल पुस २३ । मधेश प्रदेशको जनकपुरमा धार्मिक सांस्कृतिक पहिचानको पर्यटकिय स्थलको सरसफाई गरिएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषाको आयोजनामा जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा.नं.१० स्थित रहेको जानकी मन्दिरको प्राङ्गण हुदै .वडा नं.४ स्थित रहेको गंगा सागर पोखरी र भुतनाथ मन्दिर वरिपरी स्थित विशेष सरसफाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यालय प्रमुख प्र.उ.विश्वराज खड्का ज्युको अध्यक्षता एवं ऐन प्याप्सन धनुषाका जिल्ला अध्यक्ष अवधेश तिवारी, जिल्ला प्रहरी कार्यालय धनुषाका सिनियर प्रहरी अधिकृतज्यूहरू लगायत अन्य प्रहरी कर्मचारीहरू, मधेश प्रदेश प्रहरी गण जनकपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालयका धनुषा,सर्वोदय ईंग्लिस बोर्डिंग स्कुलका शिक्षक तथा विद्यार्थीहरु समेत गरी करीब १६० जनाको उपस्थितीमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लागु औषध विरुद्धको स ...

लहान, ०८ माघ । लागूऔषधको बढ्दो दुर्व्यसन नियन्त्रण गर्दै युवालाई सकारात्मक बाटोमा डोर्‍याउन ...

नवराजपुर–१ करमनियाँक ...

रहमुल, लहान ८ माघ । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियाँस्थित श्री अवधि फेकनी आधारभूत विद्या ...

श्री ल.ल. कु. मा. वि ...

ओम प्रकाश यादव लहान माघ ७ । लहान नगरपालिका–३ स्थित श्री लक्ष्मण ललिता कुशवाहा माध्यमिक वि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१