ताजा समाचार

वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख ः कांग्रेस उपसभापति निधी

  • माघ २१, २०७५
  • ७०१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजन कुमार सिंह माघ २१ । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताएका छन । उनले ओली सरकारले लोकतन्त्र र संघीयता समाप्त पार्न खोजेको आरोप लगाउंदै जनताको हितमा सरकार केही गर्न नसकेको बताए । सोमवार देशव्यापी रुपमा कांग्रेसको विरोध प्रर्दशन कार्यक्रम अन्तर्गत धनुषाको जनकपुरमा भएको विशाल विरोध सभालाई सम्बोधन गर्दै नेता नीधिले ओली सरकार लोकतन्त्र विरोधी , किसान विरोधी , मजदुर विरोधी , अधिनायकवादी , सर्वसतावादी र लोकतन्त्रको मुल्य मान्यता विरोधी रहेको बताए । वर्तमान सरकार अपराधी संरक्षण गर्ने सरकार भएको आरोप लगाउंदै नीधिले हालसम्म निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्यान नसक्नु यसको उदाहरण रहेको बताए । हाल देशमा महंगीले आकाश छोई सकेपनि सरकार यसलाई नियन्त्रण गर्न उदासिन रहेको बताए । नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीको अध्यक्षतामा जनकपुरको रेल्वे स्टेशन परिसरमा सभालाई सम्बोधन गर्दै निधीले अहिलेको कम्युनिष्ट सरकारले संसदमा मर्यादापालक लगाएर नियम कानुन मिचेर जर्बजस्ती कानुन पास गर्ने जस्तो अपराध गरिरहेकोले जनता कम्युनिष्ट सरकारबाट सचेत हुनुपर्ने बताए । उनले कम्युनिष्ट सरकारले जनकपुर चुरोट कारखानालाई पनि प्राईभेट पब्लिक साझेदारीको नाममा बेच्ने र कमिसन खाने योजनामा रहेकोले प्रदेश २ का जनतालाई आन्दोलनका लागि तयार रहन आग्रह गरे । प्रदेश २ को जनता नक्कली मधेशवादी दलहरुको विरोधमा ओर्लन तयार रहनुपर्ने बताए । प्रदेश सरकारले पनि कथित मधेशवादको भ्रम सिर्जना गरि मधेश विरोधी कार्य गरिरहेको आरोप लगाए । विरोध सभालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादव , रामकृष्ण यादव , जिल्ला उपसभापति संतोष यादव लगायतका नेताहरुले सम्बोधन गरेका थिए । जनकपुर उपमहानगरपालिका वडा नं. ४ स्थित पार्टी कार्यालयबाट निस्केको विशाल जुलुश मुरली चोक , राम चोक , शिव चोक , भानु चोक हुंदै रेलवे स्टेशनमा गएर कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤