Siraha Times
ताजा समाचार

देश-विदेशमा प्रिती पासवानको लोकप्रियता बढ्दै

  • पुस १८, २०७९
  • ११६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

चन्द्रौटा, कपिलवस्तु, पुस १९ मधेस प्रदेशको बारा जिल्लामा जन्मेकि प्रिती पासवानको पछिल्लो समय यता निकै नै लोकप्रियता बढेको छ। प्रिती पासवानले टिकटक तथा सामाजिक संजाल लगायतका अन्य माध्यमबाट आफ्नो नृत्य कलालाई प्रदर्शन गरी प्रख्यात भइकि हुन। प्रिती पासवानले आफ्नो परिवारिक अवस्थामा भन्छिन् म दलित परिवारमा जन्मिएकी हुँ। मेरो परिवार दलित भएकै कारणले विभिन्न सामाजिक अपहेलित हुनु परेको थियो। शुरुवाति समयमा गरिवीले गर्दा साझ बिहान दुई छाक टार्न निकै कठिनाइ हुने गर्थ्यो। त्यस बखत बुवाले थिएटरमा नाच्ने गर्नुहुन्थ्यो भने आमाले अरूको घरमा गएर भाडा सफा गर्ने काम गर्नुहुन्थ्यो।

पासवानको शुरुवातको अवस्था..... प्रिति आफ्नो वाल्यकालमा गाउँको मन्दिरमा आफैले लेखेको भजन गीत गाउने गर्दथिन्। पछि सा-साना कार्यक्रमको स्टेजमा गएर नाच्ने गर्थिन्। उनी भन्छिन् शुरूको ठूलो स्टेजमा मलाई नाच्न नदिएर म आफै दुई हजार तिरेर स्टेजमा नाच्न पाइएको थियो तर अहिले देश बिदेशमा स्टेज शो गर्न जान्छु। यति धेरै व्यस्तता हुन्छ कि घरमा चाडपर्व मनाउन समय पाईदैन। शुरुमा आफै तिरेर कार्यक्रम सहभागि भए पनि दर्शकको माग र चाहना अनुसार म नेपाल लगायत विदेशमा धेरै स्टेज शो गर्ने गरेकि छु। जुन नेपालमा लाखौं रुपैयाँको माग गरेर एक दिनको स्टेज शो गर्दछु भने बिदेशमा अझै धेरै रूपैयाँ लिने गरेकि छु। सबै भन्दा बढी कृतज्ञता आफ्नो आमा-बुवा र दर्शकलाई दिन चाहन्छु। किन कि आमा बुबाको सहयोग र दर्शकको प्रेमले म लोकप्रियता पाईकि छु। कपिलवस्तु चन्द्रौटा बस्ने बिना यादव पनि टिकटकमा भाइरल बन्दै गएकी छन् l

प्रतिक्रिया दिनुहोस

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

एम्बुलेन्समै १०५ किल ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१