Siraha Times
ताजा समाचार

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम

  • पुस १४, २०७९
  • ९४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, पुस १४ शिवराज नगरपालिकाको ७ औ कार्यपालिका बैठकले मेयर स्वरोजगार कार्यविधि प्रारित गरेको शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिए । कपिलवस्तुमा रहेको १० वटा पालिका मध्य जनता संग प्रत्यक्ष सरोकारको विषयममा विभिन्न निर्णय गर्दे आएको शिवराज नगरपालिकाले मेयर स्वरोजगार कार्यक्रमको कार्यविधि प्रारित गरि मेयर स्वरोजगार कार्यक्रम लागु गरिएको शिवराज नगरपालिकाका मेयर अजय थापाले जानकारी दिए । शिवराज नगरपालिका भित्र संचालनमा रहेका उद्योगहरुले आफना उद्योगमा शिवराज नगरपालिका भित्र रहेका ५० प्रतिशत युवाहरुलाई रोजगार दिनु पर्ने कार्यविधि प्रारित गरिएको थापाले बताए । अन्य पालिका भन्दा शिवराजमा नगरपालिकामा साना ठुला गरि ३० भन्दा बढी उद्योग संचालनमा रहेको उद्योग वाणिज्य संग चन्द्रौटाका अध्यक्ष इश्वरी पाण्डेले बताए । शिवराज नगरपालिका भित्र संचालनमा रहेका उद्योगहरुले आफुलाई चाहिएका जनशक्ति अन्य मूलुक वाट ल्याउनु गर्ने बाध्यदा रहेको र नेपालकमा रहेका जनशक्ति अन्य मूलुकमा श्रम रोजगारमा जाने बाध्यताको अन्तयहुने विश्वास नेकपा एमालेका नेता तथा नगर सचिव शरद अधिकारीले बताए । कार्यविधिले नगर भित्र रहेका जनशक्तिहरुको वर्गिकरण गरि कार्यदक्षताको आधारमा रोजगार दिने र यस वाट शिवराजका युवाहरुलाई आफनो नगर भित्र स्वरोजगार बनाउने अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१