लोकतन्त्रवादीहरु एक हुनुको विकल्प छैन पुर्व मेयर साह

  • माघ २०, २०७५
  • ७२३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

किशोर कुमार मंडल माघ २० बिपी विचार राष्ट्रिय समाजका केन्द्रिय सदस्य एवम नेपाली कांग्रेसका नेता बजरंग प्रसाद साहले आगामी समय चुनौतीपुर्ण भएकोले पत्रकारहरुको भुमिका महत्वपुर्ण भएको बताएका छन । उनले वर्तमान सरकार लोकतन्त्रलाई समाप्त पार्नतर्फ उन्मुख भएकोले लोकतन्त्रवादीहरु एक हुनुको विकल्प नरहेको बताए । बिपी विचार राष्ट्रिय समाज जिल्ला कार्यसमिति धनुषाले आइतबार आयोजना गरेको । नेपाल प्रेस युनियन धनुषाका पदाधिकारी एवं सदस्यहरुलाई सम्मान कार्यक्रम एवं वर्तमान परिवेशमा लोकतन्त्रवादीहरुको एकता विषयक ‘विचार गोष्ठी’ लाई सम्बोधन गर्दै जनकपुरधाम नगरपालिकाका पुर्व नगर प्रमुख समेत रहेका साहले लोकतन्त्र रहे मात्र प्रेस स्वतन्त्रता रहने भएकोले लोकतन्त्र जोगाउन पत्रकारहरुले कलम चलाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिए । कार्यक्रममा नेपाल प्रेस युनियन धनुषाका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको छ । समाजले नेपाल प्रेस युनियन धनुषाका नवनिर्वाचित अध्यक्ष राजन कुमार सिंह, उपाध्यक्षद्धय अकुल साह र विनिता ठाकुर, सहसचिव मिनु झा, सदस्यहरु राहुल received_2476147795791259 सिंह, अभय शर्मा, चन्दन ठाकुर, अम्बिका मण्डल, किशोर मण्डल, चन्दन ठाकुरलाई सम्मान गरेको छ भने पत्रकार महासंघका केन्द्रीय सदस्य शैलेन्द्र झा, पत्रकार महासंघ प्रदेश नंवर २ का कोषाध्यक्ष प्रविण साह युनियनका केन्द्रिय पार्षद अजय झालाई पनि सम्मानित गरिएको छ । समाज धनुषाका सभापति सुरेश कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय सदस्य चुन्नीशरण यादव , जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष परमेश्वर साह लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

स्कोर्पियो टर्निङ गर ...

रहमुल लहान, २६ चैत्र । काकरभिट्टा बाट यात्रु बोकेर जनकपुरतर्फ जाँदै गरेको बस र जन्तीमा प्रयोग भएको स ...

लहानमा कुपोषण व्यवस् ...

रहमुल, लहान २६ चैत्र । सिरहाको लहान नगरपालिकामा कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने ...

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१