Siraha Times
ताजा समाचार

प्रधानमंत्रीमा नियुक्त भएकोमा मौलाना मशहूदले दिए प्रचण्ड लाई बधाई

  • पुस १०, २०७९
  • ९५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, पुस १० नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन सहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) लाई प्रधानमंत्रीमा नियुक्त भएकोमा बधाई दिएका छन् l नेपालमा गणतंत्र ल्याउन अध्यक्ष प्रचण्डको महत्वपूर्ण भूमिका रहेको साथै अब देश विकासको गति लिने बताउदै मशहूदले प्रचण्ड देशको प्रधानमंत्री हुनु सबैका लागि राम्रो हुने संकेत रहेको बताए l राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफी, उपाध्यक्ष शैख जैस मक्की, नेकपा माओवादी केन्द्रका कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खा ं, तोफेल खान, असरफ खान लगायतले समेत हार्दिक बधाई तथा शुभकामना दिएका छन् l

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१