ताजा समाचार

भौतिक संरचना विद्यार्थी मैत्री हुनु आवश्यक कांग्रेस नेता निधी

  • माघ २०, २०७५
  • ९१९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजन कुमार सिंह माघ २० नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले शिक्षाको विकासको लागि भौतिक संरचना अत्यावश्यक भएको बताएका छन । उनले शिक्षा विकासको लागि भौतिक संरचना विद्यार्थी मैत्री हुनुपर्ने बताए । जापान सरकारको सहयोगमा धनुषाको नगराईन नगरपालिका वडा नं. ६ लगमा स्थित बासुदेव राष्ट्रिय प्राथमिक विद्यालय भवनको शिलान्यास समारोहलाई सम्बोधन गर्दै नेता निधीले जापान सरकारले नेपालको कृषि , भौतिक संरचना , शिक्षा , स्वास्थ्य लगायतको क्षेत्र विकासका लागि सहयोग गर्दै आईरहेको बताए । उनले केही दिन पहिला मात्र जापानी राजदुतावासमा यो विद्यालयलाई अत्याधुनिक बनाउन सम्झौता पत्रमा हस्ताक्षर भएको र लगतै शिलान्यास गरिएको जानकारी गराए । जति छिटो शिलान्यास गरिएको छ त्यति नै छिटो निर्माण कार्य सम्पन्न हुने उनले विश्वास व्यतm गरे । विकास फाउण्डेश्नको आयोजनामा गरिएको विद्यालय भवनको शिलान्यास नेता निधीले गरेका थिए । बासुदेव राष्ट्रिय प्राथमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बेचन मंडलको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेशनका अध्यक्ष श्यामसुन्दर चौधरीले विद्यालयको विषयमा प्रकाश पारेका थिए । करिब १ करोडको लागतमा निर्माण हुन लागेको सो विद्यालयबाट त्यस क्षेत्रका बालबालिकाहरुलाई आधारभुत शिक्षाको लागि विद्यार्थी मैत्री भवन उपलब्ध हुने विश्वास गरिएको छ । यस अघि पनि नेता निधीको पहलमा त्यस क्षेत्रमा भारतीय राजदुतावासको सहयोगमा विभिन्न विद्यालयहरुमा भौतिक संरचना निर्माण गरिएको छ । कार्यक्रममा जापानी राजदुतावासका द्धितिय सचिव मासाओ कुनीसदा, महासमिति सदस्य अनामिका नीधि , नेका.प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव , प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी , नगराईन नगरपालिकाका नगर प्रमुख परमेश्वर यादव , धनौजी गाउंपालिकाका अध्यक्ष बद्री सिंह , गणेश तिवारी , क्षेत्र नं. ३ का सभापति कन्हैयालाल कर्ण ,जनकपुरधाम उपमहानगरपालिकाका नगर सभापति मनोज साह , युवा नेता प्रफुल्लराज घिमिरे , ललन चौधरी , श्याम साह , प्रवेश चौधरी , अनिता श्रीवास्तव , तुल्सा आचार्य , निलम कर्ण , मिनु झा , विजेता झा , किरण झा लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । FB_IMG_1549202728303

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤