ताजा समाचार

नेपाल प्रेस युनियन धनुषाका नवनिर्वाचित कार्यसमिति सम्मानित

  • माघ २०, २०७५
  • १०६० पटक पढिएको
  • सिराहा टाइम्स
alt

राहुल कुमार सिंह माघ २० बिपी विचार राष्ट्रिय समाज जिल्ला कार्यसमिति धनुषाले आइतबार नेपाल प्रेस युनियन धनुषाका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ । नेपाल प्रेस युनियन धनुषाका पदाधिकारी एवं सदस्यहरुलाई सम्मान कार्यक्रम एवं वर्तमान परिवेशमा लोकतन्त्रवादीहरुको एकता विषयक ‘विचार गोष्ठी’मा उनीहरुलाई वीपी विचार राष्ट्रिय समाज धनुषाका सभापति सुरेश कोइरालाले दोसल्ला ओढाएर सम्मानित गरेका हुन । समाजले नेपाल प्रेस युनियन धनुषाका नवनिर्वाचित अध्यक्ष राजन कुमार सिंह, उपाध्यक्षद्धय अकुल साह र विनिता ठाकुर, सहसचिव मिनु झा, सदस्यहरु राहुल सिंह, अभय शर्मा, चन्दन ठाकुर, अम्बिका मण्डल, किशोर मण्डल, चन्दन ठाकुरलाई सम्मान गरेको छ भने पत्रकार महासंघका केन्द्रीय सदस्य शैलेन्द्र झा, पत्रकार महासंघ प्रदेश नंवर २ का कोषाध्यक्ष प्रविण साह युनियनका केन्द्रिय पार्षद अजय झालाई पनि सम्मानित गरिएको समाजले जनाएको छ । कार्यक्रममा वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य बजरंगप्रसाद शाह , चुन्नीशरण यादव जनकपुरधाम उपमहानगरपालिका वडा नं. का वडा अध्यक्ष परमेश्वर साह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤