नेपाल प्रेस युनियन धनुषाका नवनिर्वाचित कार्यसमिति सम्मानित

  • माघ २०, २०७५
  • ९६३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राहुल कुमार सिंह माघ २० बिपी विचार राष्ट्रिय समाज जिल्ला कार्यसमिति धनुषाले आइतबार नेपाल प्रेस युनियन धनुषाका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ । नेपाल प्रेस युनियन धनुषाका पदाधिकारी एवं सदस्यहरुलाई सम्मान कार्यक्रम एवं वर्तमान परिवेशमा लोकतन्त्रवादीहरुको एकता विषयक ‘विचार गोष्ठी’मा उनीहरुलाई वीपी विचार राष्ट्रिय समाज धनुषाका सभापति सुरेश कोइरालाले दोसल्ला ओढाएर सम्मानित गरेका हुन । समाजले नेपाल प्रेस युनियन धनुषाका नवनिर्वाचित अध्यक्ष राजन कुमार सिंह, उपाध्यक्षद्धय अकुल साह र विनिता ठाकुर, सहसचिव मिनु झा, सदस्यहरु राहुल सिंह, अभय शर्मा, चन्दन ठाकुर, अम्बिका मण्डल, किशोर मण्डल, चन्दन ठाकुरलाई सम्मान गरेको छ भने पत्रकार महासंघका केन्द्रीय सदस्य शैलेन्द्र झा, पत्रकार महासंघ प्रदेश नंवर २ का कोषाध्यक्ष प्रविण साह युनियनका केन्द्रिय पार्षद अजय झालाई पनि सम्मानित गरिएको समाजले जनाएको छ । कार्यक्रममा वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य बजरंगप्रसाद शाह , चुन्नीशरण यादव जनकपुरधाम उपमहानगरपालिका वडा नं. का वडा अध्यक्ष परमेश्वर साह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहाको खेलकुद विकास ...

ओम प्रकाश यादव लहान पुस ७ । आठ वर्षको लामो अन्तरालपछि सिरहामा जिल्लास्तरीय अन्तरविद्यालय यु&nda ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१