Siraha Times
ताजा समाचार

मधेशी भाषा संस्थागत भएकोमा राजधानीमा दिप प्रज्वलन

  • पुस ८, २०७९
  • ९८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधामः मधेशी भाषा संस्थागत भएको भन्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा दिप प्रज्वलन गरिएको छ । प्रतिनिधि सभामा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसहित तीन जना सांसदहरुले मधेशी भाषामा शपथ लिएपछि मधेशी भाषा संस्थागत भएको भन्दै दिप प्रज्वलनसहित खुशियाली मनाइएको छ । बिहिबार साँझ जनकपुरधामस्थित जनक चौकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका नेता बीपी साहले आजबाट विश्वमा मधेशी भाषा संस्थागत रुपमा अगाडि बढेको भन्दै खुशी व्यक्त गरे । नेता साहले भने,‘मधेशी भाषा अथवा मध्यदेशीय भाषाको परिकल्पनाकार डा.सीके राउतलाई धन्यवाद दिन चहान्छु । उहाँले मधेशी भाषाको परिकल्पना गरी मधेशका भाषाहरुलाई संस्थागत गराउनु भयो।’ ‘मधेशमा बोलिने सबै भाषा मधेशी भाषा हुन्। यो भाषा मधेशीहरु स्वयम्ले बोल्ने गरेका छन्’, नेता साहले भने,‘मधेशी भाषा कसैमाथि लादिने भाषा होइन। यो पूर्वदेखि पश्चिमसम्मका मधेशीहरुको भाषा हो।’ मधेशमा विभिन्न भाषाहरु रहेको र कतिपयलाई भाषाबाटै अपहेलित गरिने गरेको सुनाउँदै नेता साहले भने,‘हामी जे बोल्छौं त्यही मधेशी भाषा हो। कसैले तेरो भाषामा यो मिलेन त्यो मिलेन भन्ने कुरा अब रहँदैन।’ कार्यक्रममा जनकपुरधामका स्थानीयबासीसहित विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो। 

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१