ताजा समाचार

सिमाक्षेत्रको गाउँवस्तीमा राज्यको पहँुच कमजोर

  • माघ २०, २०७५
  • ७५० पटक पढिएको
  • सिराहा टाइम्स
alt

आलोक यादव लहान,२० माघ । सिरहाको दक्षिणी सिमाक्षेत्रमा उल्लेखनीय जनसंख्या ररहेपनि त्यहाँ राज्यको पहँुच कमजोर रहेको छ । भारतसँग नजिक रहेको सिमावर्ती गाउँ ठाढीमा उल्लेखनीय जनसंख्या बसोबास गरे पनि राज्यका तर्फबाट भने न्यूनतम सेवासुविधा प्रदान गरिएको छैन । प्रायः नाका क्षेत्रमा प्राथमिक तहभन्दा माथिका विद्यालय तथा भरपर्दो उपचार सेवा पाउने स्वास्थ्य प्रतिष्ठान छैनन् । भगवानपुर गाउँपालिकाको सीमावर्ती ठाढीका स्थानीय विद्युत महसुल बुझाउन लहान धाउनुपर्छ । ठाढीबाट १८—१९ किलोमिटर टाढा लहान आउन महसुल रकमभन्दा बढी रकम बस भाडामै खर्च हुने स्थानीयको गुनासो छ । बस भाडा, रिक्सा भाडा गरी १८० सय रुपैयाँ खर्च हुन्छ स्थानीय मो.इशाक बताउँछन् । ८० रुपैयाँ महसुल बुझाउन १ सय ८० रुपैयाँ अतिरिक्त खर्च बेहोर्न बाध्य छन् यहाँका स्थानीयवासी । महसुल बुझ्ने काउण्टर राखिदिन पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको उनले भने । यस क्षेत्रमा राम्रा स्वास्थ्य चौकी पनि नभएको स्थानीय बताउँछन् । ‘समान्य रुघाखोकीको उपचारका लागि पनि यहाँका स्थानीयलाई सिमापारी भारतमै भर पर्नुपर्छ । यहाँबाट ५ किलोमिटर उत्तर भगवानपुरमा प्राथमिक स्वास्थ्य केन्द्र छ । तर, उपचारका लागि चाहिने दक्ष जनशक्ति र औषधि उपलब्ध नहुँदा यस क्षेत्रका स्थानीय स्वास्थ्य सेवा पाउन हैरानी खप्नुपर्ने बाध्यता सुनाउँछन् । यस क्षेत्रका स्थानीयलाई स्वास्थ्य उपचारका लागि दुई विकल्प छ –कि पारि जाने कि लहान । छैन गुणस्तरीय शिक्षा आधारभूत विद्यालय ठाढी, विश्वासपट्टीमा प्रायः ताला झुन्डिएको हुन्छ । शिक्षक निर्धक्क भन्छन्, ‘यहाँ विद्यालय भवन छ, विद्यार्थी छैनन् । हाजिरी रजिस्टरमा मात्र विद्यार्थी छन्, कक्षामा उपस्थिति हुँदैन ।’ हाजिरी रजिस्टरमा अभिलेख भएका विद्यार्थी सबै सीमापारि (लौकाहा) को विद्यालयमा पढ्न जाने गरेको र उनीहरूको अभिलेख आफूहरुले राखेको यस विद्यालयका शिक्षकहरु बताउँछन् । विद्यालयको अभिलेखअनुसार विद्यार्थीको संख्या ४ सय विद्यार्थी छन् । तर, दैनिक दशजना पनि उपस्थित हुँदैनन् । ठाढीका स्थानीयहरु भारतीय विद्यालयमा छोराछोरी पढ्न पठाउनु रहर नभई बाध्यता भएको बताउँछन् । ‘गाउँको विद्यालयको पढाइ राम्रो बनाउन हामीले धेरै प्रयास ग¥यौं तर राजनीतिको अगाडि हाम्रो केही चलेन,’ उनले सुनाए । जबसम्म नेताहरूले असल मनसायले प्रयास थाल्दैनन् तबसम्म यहाँको शैक्षिक अवस्थामा सुधार हुन मुस्किल हुने उनी बताउँछन् । ‘नियमनकारीदेखि कारबाही गर्ने निकाय सबैले नेताका कुरा सुन्छन्, नेताजति सबै शिक्षकका संरक्षक छन् । हाम्रो गुनासोको वजनभन्दा नेताका कुराको वजन भारी हुँदोरहेछ अनि यो विद्यालयको शैक्षिकस्तर कसरी माथि उठ्छ,’ उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤