राष्ट्रपतिद्वारा प्रधानमन्त्री छनौटको समय सिमा निर्धारण

  • पुस ३, २०७९
  • ८६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल पुस ३ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको परिणाम समापन सँगै निर्वाचन आयोगले सरकारलाई निर्वाचन परिणामको प्रतिवेदन बुझाएपछि सम्माननिय राष्ट्रपतिले दलहरुलाई पुस १० गतेसम्मको समय सिमा निर्धारण गर्दै सरकार प्रमुखको रूपमा प्रधानमन्त्री छनौटका लागि विज्ञप्ती मार्फत आह्वान गरेका छन । निर्वाचन आयोगले निर्वाचन परिणाम सहितको प्रतिवेदन प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा ६२ बमोजिम मिति २०७९/८/२९ मा पेस गरिएको अवस्थामा प्रधानमन्त्री छनौटका लागि नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम कुनै पनि दलको स्पस्ट बहुमत नदेखिएकोले नेपालकाे संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सहमति जुटाएर बहुमत प्राप्त गरी प्रधानमन्त्री बनाउनका लागि पुस १० गते बेलुका ५ बजेसम्मको समय सिमा निर्धारण प्रवक्ता सागर आचार्यकाे हस्ताक्षर गरिएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्ति मार्फत सूचित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

अतिविपन्न बेसाहाराको ...

रहमुल,लहान २ पुस। सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकी मुसहर बस्तीकी एक अतिविपन्न तथा शारीरि ...

मेयर चौधरीद्वारा लहा ...

रहमुल,लहान २ पुस । सिरहाको लहान नगरपालिका–१ का नथुनी सदाय र ईसरवति मण्डलको निधन भएको खबर पाएपछ ...

‎जनमत पार्टीका मधेश ...

‎काठमाण्डाै मंसिर ०२ । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टी परित्याग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१