Siraha Times
ताजा समाचार

नगरस्तरिय हरवा चरवाकाे संगठनकाे बैठक सम्पन्न

  • पुस ३, २०७९
  • १०७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा / पुस ३ गते,राष्ट्रिय दलित नेटवर्क काठमाडौ द्वारा संचालित सबल परियाेजना अन्तरगत मधेस प्रदेश काे सिरहा जिल्ला काे धनगढीमाई नगरपालिका स्तरिय हरवा चरवा अधिकार मञ्च काे बैठक सम्पन्न भएको छ । आधुनिक दासत्वकाे जीवन विताई रहेकेा मधेस प्रदेश काे हरवा चरवा समुदायहरू संगठित भई आवाज उठाउन थालेको छ । नेपालमा राजनीतिक अवस्था मा परिवर्तन भए पनि हरवा चरवाकाे अवस्था मा परिवर्तन आउनसकेकेा छैन । हरवा चरवा समुदाय मालिककाे दास वा नाेकरबाट स्वतन्त्र भई जीवन बिताउने सपना देखदा देखदै कैयाे पुस्ता वितेपनि मालिककाे अधिनबाट फुतकन सकेकेा छैनs।

हरवा चरवा समुदाय मा सवभनबढी मधेसी दलित रहेको छ । मधेस आन्दोलन लगायत नेपालमा धेरै आन्दोलनहरू भयाे सवै मा अधिकार पाउछन् भन्थे र हामी सवै भन्दा अग्रणी भागमा रहेर आन्दोलन गर्याै तर पनि अधिकार पाएनौं । नेता र नेताकाे आफन्तहरू मात्र अधिकार पाएका छन । मधेस प्रदेश मा १८% मधेस दलित काे जनसंख्या रहेपनि कुनै प्रकारकाे सरकार ले वास्ता नै गर्दैन । सिरहा जिल्लाकाे धनगढीमाई नगरपालिका स्तरीय हरवा चरवाकाे बैठक सम्पन्न भएको छ । बैठकमा सिरहा जिल्लाका हरवा चरवाकाे जिल्ला अध्यक्ष श्याम सुन्द सदाकाे प्रमुख आतिथ्यमा नगरस्तरिय बैठक भएको हाे । प्रमुख अतिथिकाे रूपमा हरवा चरवा समुदाय ले संगठित भई आन्दोलन नगरे सम्म अधिकार राज्य ले नदिने बताउनु भएको हाे । अध्यक्ष सदाले सामन्ती तथा जमिन्दारहरूकाे तिनैतहकाे सरकारहरू रहेकेाले आन्दोलन काे बिकल्प नरहेकाे सुझाव समेत दिनुभयो । सिरहा जिल्ला हरवा चरवा अधिकार मञ्च काे अध्यक्ष समेत रहेकेा श्यामसुन्दर सदाले १७ औ नपा. र गा.पा. बाट घर घरबाट सडकमा आन्दोलन गर्नका लागि संगठन विस्तार मा आफु लागेकेा र हरवा चरवा परिवारलाई अान्दोलनकाे तयारिमा रहन निर्देसन समेत दिएका छन ।धनगढीमाई नगरपालि स्तरीय हरवा चरवा अधिकार मञ्च काे बैठक नगरअध्यक्ष पलास देवी सदाकाे अध्यक्षता बैठक बसेकेा थियाेs ।

धनगढीमाई नगरस्तरिय बैठकमा राष्ट्रिय दलित नेटवर्क काठमाडौद्वारा सबल परियाेजनाका जनवकालत अधिकृत संजय महराकाे समेत सहभागीता रहेकेा थियाे । जनवकालत अधिकृत संजय महराका अनुसार मधेस प्रदेशकाे ८ वटै जिल्लामा १ लाख भन्दाबढी हरवा चरवाकाे संख्या रहेकेा जानकारी दिनु भयाे ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१