ताजा समाचार

सरकारले मधेसीलाई हेर्ने दृष्टी फरक भो : समर्थक सिके राउत

  • माघ १९, २०७५
  • ९५५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

माघ १९ जनकपुर स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउत लाई काठमान्डौँ केन्द्रीय जेलमा अपमान गरेको कार्यकर्ताहरुले आरोप लगाएका छन् । तराई-मधेशलाई स्वायत्त बनाउँने अभियान चलाइएको भन्दै राउतलाई प्रहरीले पटक-पटक प्रक्राउ गर्दै आएको थियो हाल राउतलाई काठमान्डौँ केन्द्रीय जेलमा राखीएको छ। देश टुक्र्याउने अभिव्यक्ति दिएको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको थियो । शनिबार सेन्ट्रल जेलमा भेटघाटको लागि गएका उनका समर्थकहरुले डा.राउतको लागि पत्रपत्रिका लिएर जाँदा उनको लागि पत्रपत्रिका निषेध गरिएको सुरक्षा गार्डले बताए संगै उनका कार्यकर्ताहरु आक्रोसित भएका हुन । फरक अभिव्यक्ती दिएको मधेसवासी भएकै कारण आफहरुमाथी सरकारले हेर्ने दृष्टि फरक भएको स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता जासर यादवले जानकारी दिए । पत्रपत्रिका र देश बिदेशको खवर पाउने कुनै पनि कैदीको मौलिक हक नेपालको संवैधानिक अनरुप भएपनि राउतलाई बन्देज लगाउनु सरकारको क्र्ररता भएको बताए । समाचारपत्र, पत्रपत्रिका पढने आधारभूत अधिकारलाई समेत जेलमा डा. राउतको लागि कुण्ठित गरिएको प्रति आपत्ति जनाएका थिए ।जेलका सुरक्षा गार्ड सुरेश लामा तामाँगले आफूलाई माथिबाट आदेश भए अनुसार डा. राउतलाई कुनै प्रकारको पत्रपत्रिका नजाओस भन्ने आएको छ सो अनरुप आफुले गरेको बताएको स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता जासर यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤